Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

खबरडबली संवाददाता

फिदिम। सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सोमबार बिहान भएको दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

दुर्घटनामा एक महिला यात्रु बसभित्रै च्यापिएको अवस्थामा रहेको र उहाँको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । धरानबाट पाँचथरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनीबस बिहान करिब ९:३० बजे पाँचथर र धनकुटाको सीमावर्ती नावाखोला नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ निवासी २८ वर्षीय चालक तेजबहादुर चेम्जोङ गम्भीर घाइते हुनुभएको छ । अन्य दुई जना घाइतेको परिचय खुल्न बाँकी रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको छ । दुर्घटनापछि बसभित्र च्यापिएकी महिला यात्रुको अवस्था चिन्ताजनक रहेको र उद्धार कार्य तीव्र पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार दुर्घटनास्थल तमोर करिडोरअन्तर्गत नावाखोला पारिको क्षेत्रमा पर्छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप लिग–२ : सन्दीपले तोडे स्टार्कको कीर्तिमान

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेको छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिट...

भदौ २३–२४ घटनाको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ...

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन आयोगप्रति कांग्रेस सांसद साहको आशंका

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित आयोगप्रति आशंका व्यक्त गरेका छन्। प्रतिनिधिस...

रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्ल आदेश

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्। यसअघि कानुन व्यवसायीहरूले दर्...

मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्छ: सांसद ओली

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँ...

धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

फिदिम। सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सो...

पर्चा प्रदर्शन नगर्न सभामुखको निर्देशन, ‘मर्यादामा बसेर विरोध गर्नुस्’

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन्। श्रम संस्कृति पार्ट...

संसद बैठकमा श्रम संस्कृति पार्टीले गर्याे पर्चा बोकेर विरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु गरेलगत्तै श्रम संस्कृति पार...

मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक बस्न सक्ने व्यवस्था हुँदै

काठमाडौं । प्रतिनिधिसभाको नियमावली संशोधनमार्फत मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको छ। सोमबार बस्न...

बनेपास्थित सुकुमबासी होल्डिङ सेन्टरको संसदीय टोलीद्वारा निरीक्षण

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नेतृत्वमा सोमबार बनेपा मा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending