Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बेलैमा जाँच गरे बँच्न सकिन्छ पाठेघरको क्यान्सरबाट

खबरडबली संवाददाता

विराटनगर । आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ हुने भएपछि मोरङको कटहरी गाउँपालिका– ४ नयाँबजारकी ५० वर्षीया रीतादेवी सहनी गाउँपालिकाको स्वास्थ्य चौकीमा सोमबार दिउँसो आइपुगिन् । विहान सबेरै खाना खाएर घरबाट निस्किएकी उनी स्वास्थ्य चौकीमा पुग्दा १ बजेको थियो । त्यतिबेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्रीरोग विशेषज्ञ डा. रमेश श्रेष्ठले सहनीजस्तै कटहरी गाउँपालिकाका ग्रामीण क्षेत्रका गृहणी महिलाहरूको पाठेघरमा क्यान्सर भए—नभएको पत्ता लगाउन भीआईए जाँचमा व्यस्त थिए ।

डा. श्रेष्ठलाई स्वास्थ्य उपचारमा सहयोग गर्न खटिएका थिए—राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीका पदाधिकारी र सदस्यहरू । जब पाठेघरको मुखको क्यान्सर नभएको भीआईए जाँचमा पुष्टि भयो । सहनी हर्षित मुद्रामा बाहिर आइन् । ‘अब ढुक्क भयो । गाउँमै आएको शिविरमा पाठेघरको अवस्थाका बारेमा जानकारी पाएँ,’ खुसी साट्दै उनले भनिन्, ‘गाउँमै आफ्नो स्वास्थ्य अवस्थाको जानकारी पाउँदा निक्कै खुसी लागेको छ ।’

यही स्वास्थ्य उपचारको सेवा लिन विराटनगर जानुपर्दा हजारौ रुपैयाँ खर्च हुने गरेको थियो । स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य उपचार पाउँदा समय र पैसा दुवैको बचत भएको भन्दै उनी खुसी देखिन्थिन् । सहनी त एक प्रतिनिधि मात्रै हुन्, उनीजस्तै ग्रामीण क्षेत्रका महिलाको मुहारमा खुसीको प्रकाश छर्ने अवसर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले जुटाइदिएको थियो ।

सौन्दर्यकर्मी युनियनले तिजको अवसर पारेर ग्रामीण महिलाका लागि निःशुल्क भीआईए जाँच शिविर संचालन गरेको थियो । जसमा ७५ जना महिलाले स्वास्थ्य परीक्षण गराए । जाँच गरिएकामध्ये दुई जना महिलामा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमा देखिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। श्रेष्ठले जानकारी दिए । क्यान्सर देखिएका महिलाको तत्काल उपचार गरिएको छ । कटहरी—२ की माया ९नाम परिवर्तन०ले समयमै पाठेघरको मुखको क्यान्सर पत्ता लागेपछि स्थानीयस्तरमै उपचार पाएको बताइन् । ‘सुरुको पाठेघरको अवस्था पत्ता लगाउँदा सही तरिकाले उपचार पाएको छु,’ उनले भनिन्, ‘यहाँ गरिएको भीआईए जाँच निकै प्रभावकारी लाग्यो ।’

क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाएर सही उपचार गर्न सकियो भने पछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने डा। श्रेष्ठले बताउँछन् । ‘पाठेघरको मुखको क्यान्सर गराउने भनेको एउटा भाइरस एचपीभी हो, जसको ५० प्रतिशत एचपीभी १६ र एचपीभी १८ कै कारणले हुन्छ । यो भाइरस सर्ने भनेकै यौन सम्पर्कबाट हो ।

धेरैजसो मानिस सुरुवाती यौनसम्पर्क गर्दा नै यो भाइरसबाट संक्रमित हुन्छन् र लगभग ९० प्रतिशतमा यो संक्रमण आफै ठिक भएर जान्छ,’ उनले भने, बाँकी १० प्रतिशतमा भने सुरुमा देखिने प्रिक्यान्सरेज लेजन हुँदै जटिल खालको क्यान्सरसम्म हुने गर्दछ ।’ सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गराउन उत्तम मानिन्छ । ३० वर्षको उमेरदेखि भीआईए टेस्ट गर्न सुरु गरेर ३ देखि ५ वर्षको फरकमा ६५ वर्षको उमेरसम्म नियमित रूपमा गर्नुपर्ने चिकित्सकको सुझाव छ । सौन्दर्यकर्मी युनियनले ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्य अवस्था बुझ्न आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा पाठेघरमा अ‍ैजारु पलाएको, आङ खस्ने, महिनावारी गडबडीलगायतका समस्या देखिएको डा। श्रेष्ठले बताए । ‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको संख्या धेरै भएपनि पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएका महिलाको संख्या पनि देखिएको छ,’ उनले भने, ‘उनीहरुलाई तत्काल उपचारको लागि समेत व्यवस्था गरिएको छ ।’

सौन्दर्यकर्मी युनियनले यसपटक तिजमा रमाइलो कार्यक्रम नगरी ग्रामीण क्षेत्रमा पुगेर महिलाहरुको अवस्था बुझ्न शिविर सञ्चालन गरेको अध्यक्ष भली सुब्बाले बताइन् । स्वास्थ्य जीवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको ग्रामीण क्षेत्रमा पुगेर महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुब्बाले बताइन् । ‘स्वास्थ्य भए मात्र उद्यमी महिलाले राम्रोसँग उद्यम सञ्चालन गर्न सक्नुहुन्छ । मध्यम आय भएका महिलाको स्वास्थ्य बिग्रिए उद्यम तहस—नहस हुन्छ,’ उनले भनिन्, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव...

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending