Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बेलैमा जाँच गरे बँच्न सकिन्छ पाठेघरको क्यान्सरबाट

खबरडबली संवाददाता

विराटनगर । आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ हुने भएपछि मोरङको कटहरी गाउँपालिका– ४ नयाँबजारकी ५० वर्षीया रीतादेवी सहनी गाउँपालिकाको स्वास्थ्य चौकीमा सोमबार दिउँसो आइपुगिन् । विहान सबेरै खाना खाएर घरबाट निस्किएकी उनी स्वास्थ्य चौकीमा पुग्दा १ बजेको थियो । त्यतिबेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्रीरोग विशेषज्ञ डा. रमेश श्रेष्ठले सहनीजस्तै कटहरी गाउँपालिकाका ग्रामीण क्षेत्रका गृहणी महिलाहरूको पाठेघरमा क्यान्सर भए—नभएको पत्ता लगाउन भीआईए जाँचमा व्यस्त थिए ।

डा. श्रेष्ठलाई स्वास्थ्य उपचारमा सहयोग गर्न खटिएका थिए—राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीका पदाधिकारी र सदस्यहरू । जब पाठेघरको मुखको क्यान्सर नभएको भीआईए जाँचमा पुष्टि भयो । सहनी हर्षित मुद्रामा बाहिर आइन् । ‘अब ढुक्क भयो । गाउँमै आएको शिविरमा पाठेघरको अवस्थाका बारेमा जानकारी पाएँ,’ खुसी साट्दै उनले भनिन्, ‘गाउँमै आफ्नो स्वास्थ्य अवस्थाको जानकारी पाउँदा निक्कै खुसी लागेको छ ।’

यही स्वास्थ्य उपचारको सेवा लिन विराटनगर जानुपर्दा हजारौ रुपैयाँ खर्च हुने गरेको थियो । स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य उपचार पाउँदा समय र पैसा दुवैको बचत भएको भन्दै उनी खुसी देखिन्थिन् । सहनी त एक प्रतिनिधि मात्रै हुन्, उनीजस्तै ग्रामीण क्षेत्रका महिलाको मुहारमा खुसीको प्रकाश छर्ने अवसर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले जुटाइदिएको थियो ।

सौन्दर्यकर्मी युनियनले तिजको अवसर पारेर ग्रामीण महिलाका लागि निःशुल्क भीआईए जाँच शिविर संचालन गरेको थियो । जसमा ७५ जना महिलाले स्वास्थ्य परीक्षण गराए । जाँच गरिएकामध्ये दुई जना महिलामा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमा देखिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। श्रेष्ठले जानकारी दिए । क्यान्सर देखिएका महिलाको तत्काल उपचार गरिएको छ । कटहरी—२ की माया ९नाम परिवर्तन०ले समयमै पाठेघरको मुखको क्यान्सर पत्ता लागेपछि स्थानीयस्तरमै उपचार पाएको बताइन् । ‘सुरुको पाठेघरको अवस्था पत्ता लगाउँदा सही तरिकाले उपचार पाएको छु,’ उनले भनिन्, ‘यहाँ गरिएको भीआईए जाँच निकै प्रभावकारी लाग्यो ।’

क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाएर सही उपचार गर्न सकियो भने पछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने डा। श्रेष्ठले बताउँछन् । ‘पाठेघरको मुखको क्यान्सर गराउने भनेको एउटा भाइरस एचपीभी हो, जसको ५० प्रतिशत एचपीभी १६ र एचपीभी १८ कै कारणले हुन्छ । यो भाइरस सर्ने भनेकै यौन सम्पर्कबाट हो ।

धेरैजसो मानिस सुरुवाती यौनसम्पर्क गर्दा नै यो भाइरसबाट संक्रमित हुन्छन् र लगभग ९० प्रतिशतमा यो संक्रमण आफै ठिक भएर जान्छ,’ उनले भने, बाँकी १० प्रतिशतमा भने सुरुमा देखिने प्रिक्यान्सरेज लेजन हुँदै जटिल खालको क्यान्सरसम्म हुने गर्दछ ।’ सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गराउन उत्तम मानिन्छ । ३० वर्षको उमेरदेखि भीआईए टेस्ट गर्न सुरु गरेर ३ देखि ५ वर्षको फरकमा ६५ वर्षको उमेरसम्म नियमित रूपमा गर्नुपर्ने चिकित्सकको सुझाव छ । सौन्दर्यकर्मी युनियनले ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्य अवस्था बुझ्न आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा पाठेघरमा अ‍ैजारु पलाएको, आङ खस्ने, महिनावारी गडबडीलगायतका समस्या देखिएको डा। श्रेष्ठले बताए । ‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको संख्या धेरै भएपनि पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएका महिलाको संख्या पनि देखिएको छ,’ उनले भने, ‘उनीहरुलाई तत्काल उपचारको लागि समेत व्यवस्था गरिएको छ ।’

सौन्दर्यकर्मी युनियनले यसपटक तिजमा रमाइलो कार्यक्रम नगरी ग्रामीण क्षेत्रमा पुगेर महिलाहरुको अवस्था बुझ्न शिविर सञ्चालन गरेको अध्यक्ष भली सुब्बाले बताइन् । स्वास्थ्य जीवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको ग्रामीण क्षेत्रमा पुगेर महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुब्बाले बताइन् । ‘स्वास्थ्य भए मात्र उद्यमी महिलाले राम्रोसँग उद्यम सञ्चालन गर्न सक्नुहुन्छ । मध्यम आय भएका महिलाको स्वास्थ्य बिग्रिए उद्यम तहस—नहस हुन्छ,’ उनले भनिन्, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सो...

पहिचानवादी–परिवर्तनकारी मोर्चाबन्दी हुँदा पुराना दलहरू गम्भीर राजनीतिक संकटमा पर्ने संकेत

काठमाडौं । नेपाली राजनीति फेरि एकपटक निर्णायक संक्रमणकालीन मोडमा प्रवेश गरेको छ। दशकौँदेखि सत्ता र राजनीतिका केन्द्रमा रहेका परम्परागत दलहरू—नेपाली का...

ओलीको वर्चस्वलाई खुला चुनौती

५० वर्षे राजनीतिमा ईश्वर पोखरेलको ‘अन्तिम दाउ’, अध्यक्षमा उम्मेदवारी

सर्लाहीको उखु खेतमा भीषण आगलागी

५० बिघाभन्दा बढी उखुबाली नष्ट, करिब ३ करोडको क्षति

एमाले महाधिवेशनः अपरान्ह ४ बजेपछि मात्रै मतदान, एक मत हाल्न ४० मिनेट लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि प्र...

एमाले महाधिवेशनमा शक्ति संघर्ष उत्कर्षमा

३०१ सिटका लागि ६०३ भिडन्त: एमाले नेतृत्वमा खुला युद्ध, ओली–पोखरेल दुई प्यानल आमनेसामने

एमालेमा को–को भए निर्विरोध ?

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् ।  लुम्बिनी प्रदेशबाट ...

पश्चिमी वायुको आंशिक प्रभाव कायमै : कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहा...

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending