काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासबारे परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो ।
प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गरेका हुन् । प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताए ।
उनले भने– “उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ(ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दु:ख देखिन्छ । तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए पनि दु:खी छ ।” पुस्तक सरल र सहज भएकाले पाठकले सजिलै बुझ्ने उनको भनाइ छ ।
उपन्यासको समीक्षा गर्दै साहित्यकार तथा समालोचक अधिकारीले पुस्तक पढ्दा साहित्य र शब्दमाथि गर्व लागेको बताए । उनले भने– “प्रकृति र परिवेशको उत्कृष्ट चित्रणले उपन्यास सुन्दर बनेको छ, यो पढ्दा चलचित्र हेरेको अभास हुन्छ ।” उपन्यासमा पुरूष पात्रलाई केन्द्रमा राख्नु सकारात्मक र अन्य उपन्यासभन्दा फरक पाटो भएको अधिकारीको भनाइ छ ।
कार्यक्रममा प्रा डा गोविन्द भट्टराईले उपन्यास र त्यसका लेखक तिमिल्सिनाको खुलेर प्रशंसा गरे । उनले उपन्यास पठनयोग्य र उत्कृष्ट भएको उल्लेख गरे । उपन्यास परिचर्चामा सहभागीले यसमा कल्पनाभन्दा यथार्थ विषय वस्तु बढी समेटिएकाले त्यसमा निबन्धको भाव झल्किएको बताए । सो अवसरमा उपन्यासका लेखक तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ सालतिरको भएको बताए ।
पूर्वी पहाडबाट तराईका उर्वर भू–भाग तथा सुगम सहर हुँदै व्यक्रि कसरी अवसरको खोजिमा आइपुग्छन्लगायत घटनालाई आधार बनाएर उपन्यास लेखिएको उनी बताउछन् । पुराना र नयाँ पुस्ताका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको तिमिल्सिनाको भनाइ छ । सामाजिक तथा पारिवारिक विषयवस्तु समेटिएको ‘अक्कर’ तिमिल्सिनाको चौथो कृति हो । उपन्यासको मूल्य रु २५० रहेको छ । लेखक तिमिल्सिनाको यसअघि ‘पुनर्मिलन’, ‘फूल र काँडा’ र ‘अन्त्यहिन यात्रा’ उपन्यास प्रकाशित भइसकेका छन् । यसका साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका ‘बैंसको निर्वासित सहर’, ‘अनन्त आकास’ तथा ‘तीन धारा’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: