जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा स्तनपान र बालमैत्री कक्ष स्थापना गरको हो ।
स्तनपान कक्षको चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले एक कार्यक्रमका बिचमा उद्घाटन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार प्रहरी कार्यालयले बालवालिकाका आवश्यक खेलाउन बालमैत्री कक्ष स्थापना आमाहरुले स्तनपान गर्न सजिलो हुने उद्देश्यका साथ स्तनपान कक्ष र वालमैत्री कक्ष स्थापना गरिएको हो ।
कार्यालय समयमा आमाहरुलाई दुधखुवाउन समेत कठिन भएकाले समय मिलाएर स्तनपान कक्षको प्रयोग गर्न सकिने महिला सिलको भनाइ छ । महिला सेलमा यस आर्थिक वर्षमा ४३ वटा महिला हिंसाका र पाँच वटा बालवालिकालाई हिंसा भएको घटना दर्ता भएका छन् । प्रहरी नायव उपरिक्षक कामतिले भने, ‘स्तनपान कक्ष, बालनिगरानी कक्ष र बालमैत्री कक्षको स्थापना भइसकेको छ ।
स्तनपान कक्ष उद्घाटन कार्यक्रममा चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले नगरपालिकाले स्तनपान कक्ष स्तनपान कक्ष स्थापना गरेर नमुना काम गरेकाले चन्दननाथ नगरपालिकाले समेत स्थापन गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार ‘हामीसँग जोडिएका महिला र बालवालिकाका मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यान्वय गर्नका लागि तयार रहेको बताउँदै बढ्दै गरेका महिला हिंसा न्यूनीकरणका लागी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मात्रै नभइ सधैभरी लागी पर्नेमा जोड दिए।
जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बढाले महिला र बालबालिकाका क्षेत्रमा भने अनुसार काम गर्न नसकिएको बताए। उनले सबै तहका उपाध्यक्ष तथा महिला सेलको सहकार्यमा समन्वय गरेर काम गर्न समिनेमा जोड दिए। उपाध्यक्ष बुढाले आगामी दिनमा महिला र बालवालिकाका क्षेत्रमा थप शशक्त योजना बनाई कार्यक्रम जोड दिइने बताए।
महिला जागरण डटकमका अध्यक्ष दिलमाया शाहीले धेरै महिला तथा बालिकाहरु हिंसा पीडित, बलत्कृत भएर न्याय माग्न आउने गरेकाले यसमा स्थानीय सरकार तथा सरोकारवाला निकाय सचेत भएर अगाडि बढ्न आवश्यक रहेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।
यसअघि केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय जुम्लामा तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको समयमा जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...
बैशाख २८ गते, २०८३ - १७:०२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...
बैशाख २८ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...
बैशाख २८ गते, २०८३ - १६:४६
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...
बैशाख २८ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...
बैशाख २८ गते, २०८३ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...


प्रतिकृया लेख्नुहोस्: