काठमाडौं । साविकको विजेता श्रीलंकाले एसिसि एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै फाइनलमा स्थान बनाएको छ ।
श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो ।
पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो ।
श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए ।
मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरेका थिए । चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो ।
डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउदै थिए ।
त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याए । पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । शादब खानले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो । डकवर्थ लुईस पद्दती अनुसार श्रीलंकाले २ सय ५२ रनकै लक्ष्य पाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ खेले । मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ८६ रन बनाए ।
शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । ईफ्तिखार अहमदले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान बाबर अजामले ३५ बलमा २९ रन बनाए ।
श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए । साविकको विजेता श्रीलंकाले आईतबार भारतसॅंग उपाधिको लागि खेल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: