Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् ।  

घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य बाहिर आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले दिएको जानकारीअनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् । नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन् । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका एसएसपी सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान चलिरहेको बताउँदै अहिलेसम्म कुनै प्रगति नभएको जानकारी दिए । 

‘हामी अनुसन्धान गरिरहेका छौं, केही आशंकित मानिसलाई ल्याएर सोधपुछ गरिरहेका छौं,’ उनले भने । प्रहरीले शनिबार दिनभरिमा करिब १०र१२ जनालाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको अनुसन्धान गर्ने जिम्मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको छ ।  

शुक्रबार दिनभर साथीहरूसँग स्नुकर खेलेका दीपेन्द्र साँझ ८ बजेतिर मिलमा रहेका दीपेन्द्रको कोठामा पुगेका थिए । ‘तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो । 

साँझ मिलमै रहेको नवीनको कोठामा पुग्दा उनी नशाले मात्तिएको अवस्थामा थिए । त्यहीबेला उनीहरूबीच झगडा परेको र उनीहरूको झगडा छुट्याउन आउँदा भुजेल दम्पतीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको आशंका छ । दीपेन्द्रसँगै अरू साथीहरू पनि भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending