Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनु वर्तमान सरकार र संसद्को मूल जिम्मेवारीः सांसद बराली

खबरडबली संवाददाता

काठमाडौं । विस्तृत शान्ति सम्झौतामार्फत मुलुकमा चलेको दशवर्षे जनयुद्ध समाप्त भए पनि शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम बाँकी नै छन् । तत्कालीन राज्य र विद्रोही पक्षबीच शान्ति सम्झौता भएको डेढ दशक बितिसकेको छ । तर सङ्क्रमणकालीन न्यायको विषय अझै टुङ्गिन सकेको छैन ।

पीडकलाई कारबाही गर्ने, पीडितलाई न्याय र परिपुरण दिने विषयमा राजनीतिक दलबीच पटक–पटक सहमति भएको छ । तर कानुन नबन्दा त्यसले मूर्तरुप पाउन भने सकेको छैन । त्यसयता गठन भएका सबै सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । शान्ति सम्झौताको एक पक्ष नेकपा (माओवादी केन्द्र)ले चार पटक सरकारको नेतृत्व गरिसकेको छ । जनयुद्धको नेतृत्व गरेका तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक सरकारको नेतृत्व गरेका छन्। वर्तमान सरकार गठन भएको पनि करिब ९ महिना बितिसकेको छ । अझै पनि शान्ति प्रक्रियाको बाँकी काम निष्कर्षमा पुग्न सकेको छैन ।

दाहालले पछिल्लोपटक प्रधानमन्त्री भएसँगै संक्रमणकालीन न्यायको विषयलाई सबैको सहमतिमा टुङ्ग्याउने पहल गर्दै आएका छन्। उनले सत्ता साझेदार र प्रमुखपक्षीसँग पटक–पटक छलफल गरिरहेका छन् । उनले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने अहिलेको सरकार र संसद्को मूल जिम्मेवारी भएको दोहोर्याउँदै आएका छन्।

माओवादी केन्द्रका सांसद रणेन्द्र बराली सङ्क्रमणकालीन न्यायका विषयलाई संसद्को चालु अधिवेशनबाट निष्कर्षमा पुर्याएर भविष्यमा हुनसक्ने द्वन्द्वको खतरालाई अहिले नै निराकरण गर्नुपर्ने बताउछन्। “शान्ति सम्झौता भएको डेढ दशक नाघिसक्यो, अझै समस्या समाधान भएको छैन, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सबै राजनीतिक दलको सहमति पनि छ, तर विधिवतरूपले यसलाई टुङ्ग्याउन सकिएको छैन”, उनले भने ।

सांसद बरालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट टुङ्ग्याउनुपर्नेमा जोड दिँदै संक्रमणकालीन न्यायका विषयलाई टुङ्गोमा पुर्याउन सरकार, संसद् र सांसदले सक्रियता देखाउनुपर्ने बताए।

विकास निर्माण र समृद्धतामा सांसद्को भूमिकालाई लिएर धेरै आलोचना गर्न नहुने उनको भनाइ छ । “बजेट निर्माण प्रक्रियामा सांसदको भूमिका निरपेक्ष हुन्छ भन्ने त होइन । फेरि पनि मूल दायित्व भनेको संसद्ले पारित गर्नुपर्ने विधि–विधानकै कुरा हो, विधेयकको कुरा हो, समसामयिक विषयमा छलफलका कुरा नै हुन्”, सांसद बरालीले भने, “सरकारले जनताका हितमा गर्नुपर्ने कामहरू नीति–नियम बनाएर, ऐन निर्माणलाई प्राथमिकता दिएर जानुपर्छ ।”

उनीसँग विसं २०२४ मा नेपाल राष्ट्रिय दलित जन विकास परिषद् जिल्ला सचिव, विसं २०२६ मा नेकपा पार्टी सदस्य, विसं २०३० मा नेपाल मजदुर पार्टीका जिल्ला अध्यक्ष तथा विसं २०३८ देखि २०४७ सम्म सर्वहारा श्रमिक सङ्गठनमा रही काम गरेको अनुभव छ ।

सांसद बरालीले प्रतिपक्षले राष्ट्र र जनताको हितमा हुने कामलाई बिनाअवरोध सहयोग गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताए। उनले भने, “यो बिडम्बना हो, प्रतिपक्षको रचनात्मक भूमिकाको अभाव खड्किएको छ । साना–तिना विषयलाई लिएर सदन अवरुद्ध गर्ने काम भइरहेको छ ।” सदनको मुख्य जिम्मेवारीलाई ध्यान दिएर सबै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

संविधान जारी भएपछि बनाउनुपर्ने कानुन तत्काल निर्माण गर्नुपर्छ भन्दै सांसद बरालीले संविधानअनुसार कानुन परिमार्जन गर्न ल्याइएको नेपाल ऐन संशोधन विधेयक पारित हुने क्रममा नै नियोजित ढङ्गले गणपूरक सङ्ख्या नपुग्ने अवस्था सिर्जना गरेर महत्त्वपूर्ण काम निष्कर्षमा पुग्न नसकेको अवस्था रहेको बताए। “महत्त्वपूर्ण विधेयकमाथिको छलफल पुनः सुरु भएको छ, छिट्टै नै आवश्यक ऐनसम्बन्धी विषय निष्कर्षमा पुग्नेछ”, उनले भने, “निजामती, शिक्षासम्बन्धी विधेयक हिजोदेखि नै सरकारको प्राथमिकतामा रहेका छन् । जनताको हितमा संसद्को भूमिका देखिनुपर्छ, जुन विधेयक पास नहुँदा महत्त्वपूर्ण काम रोकिएको छ । ती विधेयक पारित गर्न मूलरूपमा सांसदले भूमिका खेल्नुपर्छ ।”

विसं २०४८ नेकपा एकता केन्द्रमा संलग्न सांसद बरालीले विसं २०५८ देखि लमजुङ इन्चार्ज, पोलिटब्यूरो सदस्य, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार र केन्द्रीय सदस्य भएर काम गर्ने अवसर प्राप्त गरेका थिए। जनसङ्घर्ष, जनआन्दोलन, साहित्य, लोक संस्कृति र रुपान्तरण अभियानमा योगदान पुर्याएका उनका नाटक, कविता र अनुसन्धानपत्रसमेत दर्जनौँ कृति प्रकाशित छन् ।

संघीयतालाई बलियो बनाउन आवश्यक पर्ने कानुन निर्माणमा माओवादी पार्टीले सुरुदेखि नै जोड गरिरहेको सांसद बरालीको भनाइ छ । “विषयवस्तुअनुसार सांसदले सदनमा धारणा राख्ने हो । नेपालको संसद्मा आवेग र उत्तेजनामा आएर धारणा राख्ने तथा देखाउने गतिविधिलाई समयमै निदान गर्नुपर्छ”, सांसद बरालीले भने, “यस्ता गतिविधिमा समय खेर फाल्नुभन्दा आफ्नो मूल जिम्मेवारी पूरा गर्न सांसद प्रतिबद्ध हुनुपर्छ । सदनमा मर्यादित ढङ्गबाट प्रस्तुत हुन सांसद स्वयं सजग र सचेत हुनुपर्छ ।”

विषयवस्तुको गम्भीरतालाई ध्यान दिएर सांसद प्रस्तुत हुनुपर्छ भन्दै उनले जनतालाई प्रत्यक्ष अनुभूत हुने खालका कानुन निर्माणमा सांसदले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए। सरकारले चालेका सुशासनका अभियानलाई सांसदले समर्थन गरेर सरकारलाई हौसला दिनुपर्ने उहाँको भनाइ छ । सांसद बरालीले भ्रष्टाचार, अनियमतालगायतका विषयलाई सांसदले गम्भीरताका साथ उठाएर कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।

जनता र देशको हितका सवाललाई संसद् र सांसदले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । “दोस्रो अधिवेशनको अन्तिम अवस्था आइसकेको छ । यस अधिवेशनले सन्तोषजनक काम गर्न सकेन कि भन्ने हामीलाई लागिरहेको छ”, उनले भने, “जे गर्न भनेर संसद्मा गइएको थियो, त्यो काम गर्ने वातावरण नबन्दा कता–कता अकर्मण्यतामा फसियो कि भन्ने भएको छ ।”

सांसद आफ्नो पक्षमा बजेट पार्न मात्रै केन्द्रित रहेको भन्ने विषयमा निरपेक्षता नरहेको उल्लेख गर्दै सांसद बरालीले जनताको सरोकारलाई जनप्रतिनिधिले ध्यान नदिए कसले दिने रु भन्ने प्रश्न उब्जने बताए।

“जनताको सवाललाई चटक्कै माया मार्नुपर्छ भन्ने होइन, मतदाताको अपेक्षालाई ध्यान त दिनै पर्छ, तर त्यतिमात्रै होइन, प्रमुख कुरा कानुन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ”, सांसद बरालीले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending