काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको नि:शुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको नि:शुल्क परीक्षण र उपचार थालिएको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मधुमेह र उच्च रक्तचापको परीक्षण र उपचार गर्ने आयोजनाअनुसार बुधबारदेखि नसर्ने रोगसम्बन्धी नि:शुल्क परीक्षण र उपचार अभियान थालिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए । उनका अनुसार नरसर्ने रोगअन्तर्गतका मधुमेह र उच्च रक्तचापका कारण नागरिकको अकालमा ज्यान जाने भएकोले गाउँपालिकाले उक्त रोगको नि:शुल्क परीक्षण र उपचार गर्न लागिएको हो ।
गाउँपालिकाले यसअघि नसर्ने रोगको अवस्था पत्ता लगाउन विभिन्न वडामा १८ दिने शिविर सञ्चालन गरेको थियो । उपाध्यक्ष थोकरले शिविरबाट गाउँपालिकाका ३१ प्रतिशत नागरिकमा मुख्यत: उच्च रक्तचाप र मधुमेहका रोगी फेला परेको बताए । “त्यसपछि दुवै रोगको नि:शुल्क परीक्षण र उपचार प्रारम्भ गरेका हौँ”, उनले भने ।
यस्तै गाउँपालिकाले २८ स्थानमा क्लिनिक सञ्चालन गरेकोमा स्थानीयको मागका आधारमा अभियानसँगै अन्य दुई स्थानमा क्लिनिक थप गरिएको जनाएको छ । स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकका अनुसार गाउँपालिकामा प्रत्येक महिनामा गाउँघर क्लिनिक सञ्चालन हुँदा अब नि:शुल्क रुपमा रक्तचाप र मधुमेह परीक्षण हुनेछ । बुधबार वडा नं ५ को गाउँघर क्लिनिकमा ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अभियानबाट स्थानीयको स्वास्थ्य क्षेत्रमा उपलब्ध हुने अपेक्षा गरिएको बताइयो ।
यसैबीच नमोबुद्ध नगरले पनि उच्च रक्तचाप हुनेको पहिचान, परीक्षण, जोखिम न्युनीकरण नियन्त्रण गर्ने उद्धेश्य ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’अन्तर्गत अभियान थालेको छ । यसअघि नगरले १८ बर्ष माथिका स्थानीयको नि:शुल्क स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको समस्या देखिएपछि उच्च रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटीन परिक्षण नि:शुल्क र एक बर्षसम्म नि:शुल्क औषधीको व्यवस्था मिलाएको थियो ।
नगर स्वास्थ्य शाखाका अनुसार उक्त परीक्षणमा ४ हजार ६ सय ६१ को परीक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुपोतमराज सेढाईका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियानअन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरणसमेत प्रदान गरिनेछ ।
उनका अनुसार काभ्रेपलाञ्चोकमा उच्च रक्तचापको सम्भावित जोखिममा रहेका ५० हजार ५० जनामध्ये पहिलो बर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य दिइएको छ । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा नेपालमा नै पहिलोपटक तीनै तहका सरकारको सहभागितामा काभे्रपलाञ्चोकमा सुरु गरिएको सो कार्यक्रम जिल्लाका १३ वटै पालिकामा एकैसाथ कार्यान्वयन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: