Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

संविधानमा जनताका हकअधिकार समेटिएको छ : मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज मोरङमा आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी पकली सुनसरीका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई रु ४७ लाख मूल्य बराबरको विभिन्न विपद् सामग्री हस्तान्तरण गर्दै उनले संविधानले मानव अधिकार मौलिकको सुनिश्चितता गर्नाका साथै राज्यको निर्देशित सिद्धान्तमा उल्लेखित कुरा विश्वका अन्य मुलुकको भन्दा ज्यादा रहेको प्रष्ट पारे ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत कार्यभार सम्हालेका  मुख्यमन्त्रीले मुलुकको आर्थिक प्रगति, राजनीतिक स्थायित्व, राष्ट्रिय एवं प्रदेशको  पहिचान कायम राख्न हामी सबै लाग्नुपर्नेमा जोड दिए ।

हालका दिनमा बढ्दो आत्महत्या गर्नेक्रम रोकथामका लागि सुरक्षा निकायले गर्ने सचेतना कार्यक्रमलाई प्रदेश सरकारले  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मुलुकको सबै प्रकारको सुरक्षा व्यवस्था सुदृढ गर्न  सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण भूमिका रहेको बताए ।   

मुख्यमन्त्री कार्कीले दुई सुरक्षा बलसँग सरकारले समन्वय गरेर जनमैत्री फोर्सका रुपमा विकास गर्ने र मुलुकको सार्वभौमिक सत्तादेखि  लिएर सुदृढ सुरक्षा कायम गरी गरिमा कायम गर्ने विश्वास व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: