काठमाडौं । आन्तरिक उडानमा हालसम्मकै ठूलो यति एयरको गत माघ १ मा पोखरामा भएको दुर्घटनामा पाइलटलाई दोष देखाएर तयार भएको जहाज दुर्घटनाका प्रतिवेदन २ महिनापछि सार्वजनिक हुने भएकाे छ । यति एयरको ९ एन एएनसी एटीआर जहाज अवतरण गर्ने अन्तिम समयमा दुर्घटनामा परेको कारण मानवीय त्रुटी नै भएको फेला परेको हाे ।
उक्त दुर्घटना प्राविधिक कारण नभएर मानवीय त्रुटी भएको पाइएको पूर्व सचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको जाँचबुझ आयोगले बिहीबार सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा जहाज दुर्घटनाको कारण ‘प्रोपलर फेदर’ भएको भन्ने देखिएको छ । यसो हुनुको कारण प्राविधिक नभएर मानवीय भन्ने हो । यसको अर्थ पंखा एंगलमा नमिलेको जसका कारण ब्लेड स्थिर भएर बसेको भन्ने हो ।
‘प्रोपलर फेदरका कारण जहाजले अगाडिबाट पछाडि फाल्नुपर्ने हावा फ्याँकेन । यसलाई सामान्य अर्थमा भन्नुपर्दा जसरी सवारी साधन न्युट्रलमा आएपछि अगाडि बढ्न सक्दैन त्यस्तै हो भनेर बुझ्न सकिन्छ,’ स्रोतले बतायाे, ‘यही प्रोपलर फेदरका कारण जहाज अगाडि बढ्नुपर्नेमा स्पिड घट्दै डाउन भएर खसेको प्रतिबेदनमा पनि उल्लेख गरिएकाे स्राेतकाे भनाइ छ ।
जहाज दुर्घटनाबाट चालकदलका सदस्यसहित जहाजमा सवार सबै यात्रुले ज्यान गुमाएका थिए । जहाज दुर्घटनापछि बनेका हरेक जाँचबुझ आयोगको प्रतिवेदनमा सबैजसो कारणमा मानवीय त्रुटी भन्ने गरिएको छ भने यसपटक पनि पाइलटलाई नै दोष लगाएर प्रतिवेदन तयार भएको पाइएको हाे ।
उक्त प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनको मापदण्डबमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक र निकायमा पठाउनुपर्ने हुन्छ । सो प्रतिवदेनमा आइकाओबाट प्रतिवेदनमाथि प्रतिक्रिया प्राप्त भएपछि मात्रै सार्वजनिक गरिने जानकारी पर्यटन मन्त्रालयले दिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: