काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उनको भनाइ छ ।
प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता एकापसमा पूर्णरुपले गाँसिएको बताउँदै राजनीतिकर्मी र पत्रकारिता सँगसँगै भएको बताइन् उनले भनिन्, “लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो भन्ने कुरालाई पत्रकारिता क्षेत्रबाट थप सशक्त र प्रभावकारी बनाउने र अगाडि बढाउने काममा यहाँहरुको पत्रकारिता अगाडि बढ्ने छ भन्नेमा विश्वस्त छु ।”
पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्दै पत्रकार आचारसंहिता पालनाका निम्ति काउन्सिलले पत्रकारलाई उत्प्रेरित गरेको उनको भनाइ छ ।
बद्लिएको परिवेशमा नेपालको पत्रकारितालाई अझै जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलकै पुन:संरचना बारेमा छलफल चलिरहेको बताउँदै काउन्सिललाई पत्रकारिता क्षेत्रको नियमन र स्वनियमनमा बढी केन्द्रित गर्नुपर्ने सरकारका प्रवक्ता शर्माको भनाइ छ । “लोकतन्त्रमा मिडियामाथिको नियन्त्रण कल्पनाभन्दा बाहिरको कुरा हो, अब गर्ने भनेको स्वनियमनको ढाँचामा नियमन नै हो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिताको विकासलाई अगाडि बढाउने गरी मिडिया काउन्सिल ऐन बन्नुपर्छ भन्ने आमसञ्चार क्षेत्रका विज्ञहरुको सुझाव रहेको छ”, उनले भनिन् ।
आम सञ्चार क्षेत्रको पुन:सरचनाका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुधार समिति गठन गरेर प्रतिवेदनसमेत प्राप्त गरिसकेको उनको भनाइ छ । उनको सबैको सल्लाह र सुझावका आधारमा सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा जोड दिइन् । नेपाल पछिल्लो समयमा सबैभन्दा बढी विकास भएको क्षेत्र पत्रकारिता क्षेत्र भएको बताउँदै उनले समग्र पत्रकारिता क्षेत्रका चुनौतीका बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राखिन् । मन्त्रालयले साइबर सुरक्षा नीतिलगायत महत्वपूर्ण कानुनहरु पारित गरेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै पत्रकारिता क्षेत्रले सबै क्षेत्रलाई खबरदारी गर्नुपर्ने धारणा राखे । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई दुरुपयोग गर्नेभन्दा पनि जिम्मेवार र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन र ‘संहिता’ सार्वजनिक गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: