काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा संघीयता खारेजीदेखि हिन्दू राष्ट्रको पक्षमा उभिन दबाब आएकाे छ । बैठकमा गठबन्धनको बलमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्नेसम्मका विषय पनि उठेका छन् ।
अहिले जनतामा देखिएको निराशा सरकारले सम्बोधन गर्न नसकेपछि सरकारको अपजस कांग्रेसले पनि पाउने भएकाले विकल्प खोज्नुपर्नेमा अधिकांश नेताको धारणा रहेकाे छ । पछिल्लो समय कांग्रेस नेता डा. शेखर कोइरालाले प्रचण्ड सरकारले समाजमा अराजकता बढाएको भन्दै कांग्रेसले नेतृत्व लिनुपर्ने बताउँदै आइरहेका छन् ।
सानेपामा जारी बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नै संघीयतामाथि प्रश्न उठाए थिए । स्थानीय तहलाई जनताले रुचाएपनि प्रदेशप्रति जनतामा वितृष्णा छाएको उनको भनाइ छ ।
यस्तै, अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले पनि हिन्दू राष्ट्र पक्षमा वकालत र संघीयताको विषयमा प्रश्न उठाए । विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए ।
अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुनर्विचार गर्न आग्रह गरे । संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा रहेको टिप्पणी गरे ।
अर्का सदस्य राजीव ढुंगानाले पनि सरकारको कामको समीक्षा गर्न आवश्यक रहेको बताए । भ्रष्टाचारका केही फाइल खोलिएपछि भ्रष्टाचार घटेको महसुस भएपनि शान्ति सुरक्षाको स्थिति ठीक नभएको बताए ।
यस्तै, कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन जोगाएर सरकारमा पार्टी जानुलाई नै उपलब्धि मान्न नसकिने बताए । उनले पार्टी बैठकको निर्णय प्रेस विज्ञप्तिमा सीमित राख्न पार्टी नेतृत्वलाई आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य भीम पराजुलीले पनि हिन्दू राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका छन् । कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको उनले बताए ।
सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई छानीछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: