Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८० बुधबार | 29th November, 2023 Wed

अब गैर आवासीय नेपालीलाई पनि नागरिकता

गैर आवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकार नहुने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ । नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृहमन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए । 

नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैर आवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र भनी उल्लेख हुने व्यवस्था गरिएको छ । यस्तो नागरिकता लिनेलाई राजनीतिक अधिकार भने नहुने उनकाे भनाइ छ ऽ

नियमावलीमा उल्लेख भएअनुसार गैर आवासीय नेपाली नागरिकता लिनेलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भने हुनेछ  तर उनीहरूका लागि शपथको पनि व्यवस्था पनि गरिएको शाखा प्रमुख कटुवालले जानकारी दिए  । बाबु वा उनका परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ । 

सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ । जन्मदा एउटा लिङ्ग भएर नागरिकता लिइसकेकाले लिङ्ग परिवर्तन गरी नागरिकतामा सच्याउन चाहेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रमाणपत्रको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी नागरिकता दिन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बदनाम सारथीबाट चाैतर्फी घेराबन्दीमा एमाले अध्यक्ष ओली​

काठमाडौं । सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केकाहरुले आफ्नो स्वार्थका लागि मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् ।  भ्रष्टाचार,...

बिल नभएको ४ तनेला सुनसहित एकजना पक्राउ

कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको  ४ तोला सुनसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त...

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

काठमाडाैं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानड...

गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ : मन्त्री किराती

काठमाडौँ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्...

जुफाल विमानस्थल जोड्ने सडक हिलाम्मे, यात्रुलाई सास्ती

डोल्पा ।  हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डमा हिलो बढेपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ । ठुलिभेरी नगरप...

ओलीले गरे सिंहदरबारको पश्चिमतर्फ रहेको प्रधानमन्त्रीको कार्यालयकाे अवलोकन

काठमाडौं ।  भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीले  अवलोकन गरेका छन् । ओलीले केही दिनअ...

परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

धनुषा। धनुषाको धनौजी गाउँपालिका– ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई ख...

पिकअप र सिटी सफारी ठोकिँदा एक जनाको मृत्यु

झापा । झापाको गौरादहमा पिकअप र सिटी सफारी एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।  गौरादह नगरपालिकास्थित कार्की चोकमा मंगलबार बेल्ला पानीको अस्थायी न...

प्रधानमन्त्री 'प्रचण्ड' र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएक...

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

बर्दीया ।  बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies