Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

खबरडबली संवाददाता

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको शव पोष्टमार्टमका लागि पठाईएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडामा शुक्रवार राती बसेको दुई पक्षिय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने, अस्पतालमा तोडफोड गर्ने लाई कार्वाही गर्ने निर्णय भएपछि सहमति भएको थियो । सहमति लगत्तै गएराती ११ बजे शिवनगर स्थित बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

दुईपक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि जैसवाल, मेयर प्रत्याशीहरु सुनिल कुमार यादव, ब्रिज किशोर यादव, अनिल कुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सिडिओ नरेश कुमार यादव, वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा मेयर जैसवालले नगरपालिका बाट तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

 गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती बर्ष २५ की रमिता देवीलाई सुत्केरी ब्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीवार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो ।

सुत्केरीपछि बढी रक्तश्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागी आज बिहान ६ बजे बिरगंज तर्फ रेफर गरेकोमा बिरगंजस्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।

चिकित्सकको लापरवाहीले अत्याधिक रक्तस्राव भएर  उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले शुक्रवार दिन भरी स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोशी चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्सन गरेका थिए।

चिकित्सकले सावधानी नअपनाएको कारण अत्याधिक मात्रामा शरीरबाट रगत बगेर  महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले  चिकित्सकलाई कार्यवाही तथा उचित क्षतिपुर्तिको माग गर्दै मृतकको शव शिवनगर चौकमा शुक्रवार दिउँसो बाटो अवरुद्ध गरेका थिए।

कुनै अप्रिय नहोस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सैयौं जनशक्ती परिचालन गरिएको थियो। खटिएका प्रहरी जनशक्ती बाटो खुलाउन लागेपछि केही तत्वहरु शिवनगर स्थित स्वास्थ केन्द्रमा प्रवेश गरी स्टील दराज लगायत केही उपकरण तथा कागजातहरु बाहिर निकालेर आगजनी गरेका थिए।

आगजनी बाट झण्डै १० लाख बराबरको क्षती भएको नगरपालिकाले जनाएको छ। आगजनी लगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।  स्वास्थ्य चौकीका सिनियर अहेव रामनरेश साहले सुत्केरी गराएका थिए ।

उनले छोरी जन्मिएकी थिइन् । सुत्केरी लगत्तै रक्तस्राव हुन थालेपछि महिलालाई थप उपचारको लागि बिहान वीरगन्ज रेफर गरिएको थियो । एक महिना अघि मात्र  उक्त स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा बच्चा जन्माएकी अर्की एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावको कारण ज्यान गएको थियो ।

स्वास्थ्य चौकीमा एम बिबिए एस डाक्टरको व्यवस्थापन नगरी अहेव र अनमी ले मात्र सुत्केरी गराउने हुँदा यस्ता दुःखद घटना भईरहेको स्थानीयले आरोप लगाएका छन् ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending