Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

तेक्वान्दोका लागि जन्मिएकी नन्दा : जसले वेस्ट म्युजिक भिडियो डाइरेक्टर अवार्ड समेत पाइन्

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ६ को बुद्धपथमा जन्मिएकी नन्दा बस्याल भर्खरै मात्र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकी छन् । उनी तेक्वान्दोको बल्याकबेल्ड छैटौँ डान छन् ।

सन्ताउन्न देशको सहभागितामा दक्षिण कोरियामा जुलाई २१ देखि २४ सम्म भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा बस्यालले प्रथम स्थान हासिल गर्दै नेपालाई स्वर्ण पदक दिलाइन् । देशलाई स्वर्ण दिलाएर नेपालसँगै गृह जिल्ला सुर्खेत पुगेकी उनलाई अहिले विभिन्न सङ्घ संस्था र व्यक्तिले बधाई दिनाका साथै सम्मान पनि गरेका छन् । 

अहिले यो उचाइमा पुगेकी  बस्यालले खेल सुरु गर्दा सुर्खेतमा तेक्वान्दोको महिला खेलाडी कोही पनि थिएनन् । विसं २०५० मा उनले सुर्खेतमा तेक्वान्दो खेल खेल्न सुरु गरेकी हुन् । ठूलो भएर प्रहरी बन्ने सोच बनाएकी  बस्याल खेलकुदमै बढी रुचि भएर खेल्न सुरु गरेकी थिइन् ।

त्यतिबेला टोपेन्द्रजङग शाही, खिमलाल देवकोटालगायतले तेक्वान्दोको पोसाक लगाएर रोडमा दौडिएको देखर आफूलाई यो खेलप्रति रुचि जागेको उनले बताइन् । “टोपेन्द्र अङ्कललेनै मलाई गेममा हाल्दिन्छु भनेर खेल्न गएकी हुँ । त्यतिबेला मेरा गुरु भुवन थापाले शुल्क नलिएरै मेरो नाम लेखिदिनुभएको थियो । उहाँहरुकै प्रेरणाले मैले यो खेल खेल्न थालेकी हुँ । सुरुमा केही केटी साथीलाई पनि तेक्वान्दो खेल्न लिएर गएकी थिएँ  तर उनीहरूले बिचमै खेल छोडे आफूले भने निरन्तरता दिँदै आएको छु,”बस्यालले भनिन् । 

“त्यतिबेला आफूलाई साथी र घरपरिवारले यो खेल खेल्न गाह्रो हुन्छ भनेर नखेल्न धेरै सुझाव दिएका थिए  । ‘केटाको लात खानुपर्ने खेल राम्रो होइन छोडसम्म पनि भनियो । धेरैले घरमा कुरा लगाएर खेल छोड्न दबाब पनि दिए । यो खेलबाट मृत्यु हुन्छ भन्दै डर पनि देखाए  तर मैले आमालाई फकाएर खेललाई निरन्तरता दिएँ, ” उनले जोड दिइन्, “खेल सकिएपछि मसँग खेलेका दाइहरुले मेरा खुट्टामा ढोग गर्नुहुन्थ्यो । अब पाप लाग्दैन भनेर भन्थे । म एक्लै भएकोले दाइहरुले मलाई हौसला दिनुभएको थियो । सुर्खेतमा महिला तेक्वान्दोमा स्थापित हुनपर्छ भनेर नै सिनियर दाईहरुले मलाई सहयोग गर्नुभएको थियो । ” 

बस्यालले चार कक्षा पढ्दै गर्दा तेक्वान्दो खेल्न सुरु गरेकी थिइन् । आठ कक्षामा पढ्दा उनले बल्याकबेल्ट पाइसकेकी थिइन् । त्यतिबेला बल्याकबेल्ट लिन पनि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता भएको बस्यालले सुनाइन् । बल्याकबेल्ट लिँदा पनि दुई वटा र्याङकिङमा आफू प्रथम भएको चर्चा गर्दै उनले सँगै खेल्ने महिला साथी नभएर धेरैजसो पुरुषसँगै तेक्वान्दो खेल्नुपरेको सुनाइन्  । बस्यालले जननमुना माध्यमिक विद्यालयमा पढ्दै गर्दा विद्यालयमा तेक्वान्दो प्रतियोगिता सिकाउथिइन्  । विद्यालयले नै उनलाई मासिक तीन हजार दिएर सिकाउनको लागि राखेको थियो । 

यसरी खेल खेल्दै खेलाउँदै गर्दा २०५२ सालमा पहिलो पटक जिल्ला बाहिर बुटवलमा भएको जुनियर नेशनल गेममा बस्याल सहभागी भएकी थिइन् । जिल्लामा कहिलेकाहीँ हुने प्रतियोगितामा मात्र सहभागी भएर उनले थाल, कचौरा जितेकी थिइन् । टेलिभिजनमा देखेको पदक कस्तो हुन्छ होला भन्ने लागेको बस्याललाई जित्ने ठूलो धोको थियो । यहीँ रहर पूरा गर्न उहाँ एक जोर जुत्ता एक जोर खेलको ड्रेस मात्र बोकेर बुटवल पुगेकी थिइन् । 

बस्याललाई गुरुले बुटवल गएर पदक जितेपछि ट्रायकसुट किनिदिन्छु भनेका थिए । उनले भनिन्,  “मलाई त त्यतिबेला खेल कसरी जित्नेभन्दा पनि ट्र्याक सुट कसरी पाउने भन्ने मात्र थियो । त्यहाँ गएपछि पहिलोपटक केटी मान्छे पनि गुरु हुने रहेछन् भनेर थाहा पाएँ अनि मलाई पनि यस्तै हुन पाएहुन्थ्यो भन्ने लागेको थियो ।” 

उक्त प्रतियोगितामा सहभागी हुँदासम्म पनि बस्याललाई तेक्वान्दो कसरी खेल्ने भन्नेसम्म राम्रोसँग जानकारी थिएन तर २४ केजीको प्रतियोगिमा जित हासिल  गरेर पदक जित्न सफल भएकोे उनले सुनाइन् । 

“मैले जितेको मेडल कतै हराउँछ कि रु कसैले लगिदिन्छन् कि भनेर राति बसमा पनि घाँटीमा झुण्ड्याएर समातेरै घर पुगेँ । अनि पहिलो पटक खेल जितेर घरमा किला ठोकेर पदक झुण्ड्याएकी थिए,” बस्यालले भनिन्, त्यसपछि त्यतिबेला हरेक दुईरदुई वर्षमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी हुन थालेकीमा अहिलेसम्म पनि निरन्तर तेक्वान्दमै जम्दै आएको छु ।” 

यसरी हुने प्रतियोगितामा कहिल्यै दोस्रो हुन पनि नपरेको उल्लेख गर्दै उनले १५ जिल्लाको प्रतियोगिता हुँदा पनि त्यतिबेला आफू भिड्ने तौल समूहमा भिड्न अन्य प्रतियोगी डराउने गरेकाले आफूले खेल्ने केजी कसैलाई थाहा नदिएर सिधैंँ भिड्ने बेला मात्र थाहा दिनपर्ने अवस्था पनि आफूले भोगेको बस्यालले उल्लेख गरिन् । 

सुर्खेत, नेपालगञ्ज, दाङ र बर्दियामा भएका क्षेत्रीय र राष्ट्रिय प्रतिगोगितामा २०५३/५४ र २०५५ मा लगातार सहभागी भएर सबैमा प्रथम स्थान हासिल गरेकी उनले चितवनमा भएको राष्ट्रिय प्रतियोगितामा पनि प्रथम स्थान ल्याउन सफल भइन् । त्यसपछि बस्यालले कोरिया र थाइल्याडमा भएका प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्दै  त्यहाँ पनि प्रथम स्थान हासिल गर्न सफल भइन् । सन् २०१९ इन्डोनेसियामा भने उनी दोस्रो स्थान ल्याउन सफल भइन् । 

विसं २०१६ मा नेपालमै भएको हान्मादाङ प्रतियोगितामा बस्यालले स्वर्ण पदक पनि जितिन् । सुरुमा पुरुषसँग बाध्यताले खेल्नपरे पनि पछि भने महिलासँग प्रतिगोगीतामा सहभागिता जनाउँदा सहज भएको उनको भनाइ थियो  । तेक्वान्दोको राष्ट्रिय रेफ्री बस्यालले तेक्वान्दोमा अन्तर्राष्ट्रियस्तरको मास्टर्स पनि गरेकी छन् । अहिले उनी राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी बोर्डको सदस्य पनि छिन् । महिलाले आफ्नो सुरक्षाको लागि पनि खेल खेल्नुपर्नेमा  जोड दिँदै बस्यालले पुरुषसँग प्रतिकार गर्न पनि खेलकुद खेल्नु आवश्यक भएको बताइन् । 

उनले बताइन्, “अहिले खेलकुद परिषद्बाट पनि राष्ट्रपति महिला अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेका छौँ । त्यसको संयोजक भएर पनि मैले काम गरिरहेकी छु ।”

तेक्वान्दो खेलमा अब्बल खेडाली बस्याल कलाकार पनि छिन् । उनले सुर्खेतमा धेरैलाई नृत्य सिकाएकी छन् ।

बस्यालले सिकाएका धेरै नृत्यङ्गनाहरुले प्रथम स्थान पनि हासिल हाँसिल गरेका छन् । उनले कक्षा ३र४ मा पढ्दाखेरि नै नृत्य गर्न थालेको र त्यतिबेला हुने विद्यालयस्तरका नृत्य प्रतियोगितामा बस्याले प्रथम स्थान हाँसिल गरिन्। अरुले नाचेको देखेर झ्यालबाट हेर्दाहेर्दै आफूले नृत्य सिकेको बताउने  उनी २०७५ सालमा नेपाल टेलिभिजनको आँगन कार्यक्रममा पनि सहभागी हुन सुर्खेतबाट काठमाडौँ गएकीमा त्यहाँ दोस्रो स्थान प्राप्त गरिन् । बस्यालले नेपाली टेलिसिरियल झयाइकुटी झ्याइमा पनि दस वर्षभन्दा बढी बिताइन् । 

यो सिरियस खेलेसँगै काठमाडौँ प्रवेश गरेकी बस्यालले तीन दर्जन बढी गीतमा अभिनय गरिन् । केही गीतमा निर्देशन पनि गरेकी र ती गीत करिव  दसपटक नेपाल प्रथम पनि भएका थिए । कतारमा उनले वेस्ट म्युजिक भिडियो डाइरेक्टर अवार्ड पनि पाइन्। यस्तै दुबई र जापानमा पनि बस्यालले सोही विधामा पदक पाएकी थिइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनुवाइको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्या अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...

रास्वपाको निर्वाचन र लेखा आयोगमा पुरानै टिमलाई निरन्तरता, अनुशासन आयोगमा नयाँ नियुक्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...

नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको प्रतिबद्ध छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा फेला

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...

बाँकेका आठ स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु

बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...

क्रिप्टोकरेन्सी कारोबारबाट ट्रम्पको करिब १ अर्ब डलर आम्दानी

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...

त्रिशूली नदीमाथिको पुलको लट्ठामा हिँडिरहेका युवकको सकुशल उद्धार

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...

लाहोरमा शिक्षण केन्द्रको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, ८ घाइते

पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending