Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

खबरडबली संवाददाता

दोहा । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना पनि खेर गएको छ । उनको निधनपछि परिवारमा बज्रपात परेको छ । उनको परिवारले अहिले गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको हरफ जबर्जस्ती स्वीकार्नु परिरहेको छ । बोलमाया गीतमा भनिएको छ, ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा ।’

अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । टीकाराम भने रातो बाकसमा फर्किन बाध्य भए । विदेशबाट आएका शवको वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खै मूल्यांकन रु

गत आर्थिक वर्ष २०७९–८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

खाडी मुलुकमध्ये पनि गत आव २०७९–८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् । राजधानी दैनिकबाट 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

काठमाडौँ। चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनल...

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला ल...

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका–७ का समीर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ...

काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्...

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending