Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

चाडपर्वको मुखमा केजीमा ७५० ले बढ्यो जिराको मूल्य, अझै बढाउने तयारी

कृषि विभागका उपमहानिर्देशक पण्डित भन्छिन्- तत्काल नेपालमा जिराको खेती सम्भव छैन

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लाे समय जिराको मूल्य नेपाल र भारतमा मात्र होइन, विश्व बजारमै अत्यधिक वृद्धि भएको छ । अहिले यसको मूल्यलाई सुनसँग तुलना गर्न थालिएको छ- रातारात सुनजस्तै महँगो भएको छ जिरा ।  जिराको मूल्य अत्यधिक वृद्धि हुनुमा विभिन्न कारण भेटिएका छन् । यसमध्ये प्रमुख कारणमा टर्की र सिरियामा बेमौसमी वर्षा भएर जिरा खेती नष्ट भएको छ । भारतमै पनि बेमौसमी वर्षाका कारण ४५ प्रतिशत जिराको खेती नष्ट भएको छ । जाडो मौसममा बग्ने चिसो हावा पनि जिरा खेतीले सहँदैन ।

बेमौसमी वर्षाका कारण खेती नै प्रभावित भएपछि विश्व बजारमा जिराको माग उच्च परिमाणमा बढ्दै गयो । माग उच्च र आपूर्ति अति नै कम भएकाले विश्व बजारमा यो सुनजस्तै महँगो बन्न पुगेको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गत चैतमा भारतमा जिराको मूल्य प्रतिक्विन्टल २० हजार भारु (३२ हजार ३० नेपाली रुपैयाँ) थियो । अहिले यसको बढेर ६४ हजार ५ सय भारु (१ लाख ३ हजार २ सय ९६ नेपाली रुपैयाँ) पुगेको छ । मागअनुसार उत्पादन र आपूर्ति विश्व बजारमा नहुँदा चार महिनामै प्रतिक्विन्टलमा ७१ हजार २ सय ६६ रुपैयाँले मूल्यवृद्धि भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी समयमा यसको मूल्य प्रतिक्विन्टल ७० हजार भारु (१ लाख १२ हजार १ सय ५ नेपाली रुपैयाँ) पुग्ने प्रक्षेपण गरिएको छ । गोदाममा र घरमा मौज्दात गरी राखिएको जिरा अहिलेको मूल्यमा बिक्री गरेका व्यापारी र किसान रातारात मालामाल भएका छन् ।

भारतमा वार्षिक रुपमा साढे ४ लाख टनको हाराहारीमा जिराको उत्पादन हुन्छ । यसमध्ये सबैभन्दी बढी जोधपुरमा ८० हजार २ सय ८१ टन उत्पादन हुन्छ । यस्तै जालौरमा ६० हजार १ सय ३२ टन, विकानेरमा ३५ हजार ६ सय ८२ टन, जैसलमेरमा ३४ हजार ३ सय ३१ टन, सिकरमा ३० हजार ४ सय ३२ टन, नागौरमा ११ हजार १ सय ७६ टन र अन्यमा ४७ हजार ६ सय ६६ टन जिराको उत्पादन हुँदै आएको छ ।

जिरा उत्पादनमा भारत पहिलो मुलुक

जिरा उत्पादनमा भारत पहिलो नम्बरमा आउँछ । विश्वभर उत्पादन हुने कूल जिराको बजारमध्ये ७० प्रतिशतभन्दा बढी भारतमा उत्पादन हुन्छ । दोस्रोमा सिरियामा १३ प्रतिशत, टर्कीमा ५, यूएईमा ३, इरानमा २ र अन्य मुलुकमा ७ प्रतिशतको हाराहारीमा जिराको उत्पादन हुँदै आएको छ । भारतमामा उत्पादन हुने जिराले विश्वभरका प्रमुख बजार पाउँदै आएको छ । भारतको जिरा चीन, सिंगापुर, बंगलादेश, अफगानिस्तान, साउदी अरब, नेपाल, अमेरिका, बेलायत, दक्षिण अफ्रिकासहित युरोपियन मुलुकका बजार पुग्ने गरेको छ ।

नेपालको बजारमा पनि पर्‍यो प्रभाव

नेपालमा जिराको खेती नहुने भएकाले खपत हुने सम्पूर्ण हिस्सा आयात नै गर्नुपर्ने बाध्यता छ । कृषि विभागका उपमहानिर्देशक जानुका पण्डितका अनुसार जिराको बीउसमेत नेपालले हालसम्म विकास गर्न नसकेको र खेती गर्न सकिने वा नसकिने विषयमा अध्ययनसमेत नभएकाले नेपालमा जिराखेती नभएको हो ।

‘जिरा खेती गर्न आफ्नै बीउ चाहिन्छ, त्यो पनि हामीसँग आफ्नै छैन, साथै नेपालमा यसको खेती हुन्छ वा हुन सक्दैन भन्ने विषयमा कुनै अध्ययनसमेत नभएकाले तत्कालै जिराको खेती नेपालमा सम्भव छैन,’ उनले भनिन्,‘अहिले जे-जति परिमाणमा खपत र उपभोग हुन्छ, त्यो सबै आयातकै भरमा हो ।’

विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ । अघिल्लो वर्षको असोजमा प्रतिकिलो ५५० रुपैयाँ मूल्य रहेको जिराको मूल्य बढेर अहिले प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

आगामी दिनमा भारतमा जिराको मूल्य बढ्दै गएको अवस्थामा नेपाली बजारमा पनि जिराको मूल्य बढ्ने थोक विक्रेता संघका अध्यक्ष देवेन्द्र भट्टले बताए । उनका अनुसार नेपालमा जिराको खेती हुँदैन ।

‘भारत वा विश्व बजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर हाम्रोमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,’ भट्टले भने, ‘नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र ८ प्रतिशत टर्कीबाट र आयात हुन्छ, बाँकी २ प्रतिशत कतार र बेल्यियमबाट आयात हुन्छ ।’ जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाउ हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने भट्टको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्म विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपैयाँको ९ सय ७९ टन जिरा आयात भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब २ करोड ५ लाख रुपैयाँबराबरको ६ हजार ९७ टन आयात भएको थियो । अघिल्लो वर्ष २०७८/७९ मा २ अर्ब ७ करोड ८० लाख ५१ हजार रुपैयाँको ८३ हजार ७१ टन आयात भएको थियो ।

जाडोमा हुन्छ जिराको रोपाइँ

जिराको खेती जाडो महिनामा हुन्छ । मंसिरको दोस्रो सातादेखि यसको बीउ छरेर खेती सुरु हुन्छ । मंसिरजस्तो चिसो मौसममा रातिको समयमा यसमा सिँचाइ गर्नुपर्ने भएकाले अधिकांश किसानले झन्झटिलो मानेर यसको खेती गर्न रुचाउँदैनन् । यसमा चिसो हावा लाग्दा उत्पादन नै नष्ट हुने जोखिम पनि त्यत्तिकै हुन्छ ।

स्वादिलो मात्रै होइन, पोषिलो र स्वास्थ्यवर्द्धक छ जिरा

जिरामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसको सेवनले मांसपेसीको दुखाइ कम गर्छ । यसमा पर्याप्त परिमाणमा फाइवर पाइनुका साथै आइरन, कप्पर, क्याल्सियम, पोटासियम, म्यागजिन, जिंक, म्याग्नेसियमका साथै भिटामिन ई, ए, सी र बी कम्प्लेक्स पाइन्छ । यसले गर्दा स्वास्थ्यका लागि पनि यसलाई गुणकारी मसला मानिन्छ ।

तरकारी पकाउँदा तातेको तेलमा मज्जाले पड्काउने पहिलो मसला हो, जिरा । यही जिराको दाना र धुलो मसलाले तरकारी, मासुलगायतलाई मसलेदार र जाइकेदार बनाइदिन्छ । दाल फ्राई होस् या आलु फ्राई, जिराको तड्का लागेन भने बेस्वादिलो हुन्छ । स्वाद मात्रै होइन, खाना पचाउन पनि यसको अहं भूमिका रहन्छ । तर, अहिले त्यही जिराले उपभोगकर्तालाई रुवाएको मात्र छैन, भान्छालाई नै बेस्वाद र बेरंग बनाइदिएको छ । कारण हो, अत्यधिक मूल्यवृद्धि ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending