काठमाडौँ । सार्वजनिक निकायले २० प्रकारका सूचना तीन/तीन महिनामा स्वत: प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि यसको कार्यान्वयन हुन नसकेकामा सरोकार भएका निकायका अधिकारीले ध्यानाकर्षण गराएका छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा सो प्रावधान रहेको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको पहिलो सम्मेलनका क्रममा ‘सार्वजनिक निकायमा सूचनाको स्वत: प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती’ विषयक ‘प्यानल’ छलफलका वक्ताले ऐन र नियमावलीको तीन महिनामा स्वत: प्रकाशन गर्नुपर्ने व्यवस्था अझै धेरै कार्यालयले पूर्ण पालना नगराएको बताएका हुन् ।
छलफलमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले सूचनाको हकसम्बन्धी ऐन र नियमावलीमा भएको यो व्यवस्था कार्यान्वयनका लागि पहल गरिने जानकारी दिए ।
सूचना सबैका लागि आवश्यक पर्ने उल्लेख गर्नुहुँदै उहाँले कार्यालयले स्वत: प्रकाशनमै ध्यान दिए सूचना माग पनि कम हुने भएकाले यो व्यवस्था कार्यान्वयनमा समितिले पहल गर्ने बताए । राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले स्वत: प्रकाशन नगर्ने कार्यालयका विषयमा नागरिकले आयोगमा उजुरी गरे त्यस्ता कार्यालयलाई कारबाही गरी कानुनको व्यवस्था कार्यान्वयन गराइने बताए ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले काठमाडौँका सबै कार्यालयका सूचना अधिकारीलाई प्रत्येक महिनामा बैठक बोलाएर स्वत: प्रकाशनलगायत नागरिकले माग गरेका सूचना कानुनबमोजिम समयमै दिन आह्वान गर्ने गरिएको जानकारी गराए ।
फ्रिडम फोरमको महासचिवसमेत रहेका अधिवक्ता सञ्जीव घिमिरेले स्वत: प्रकाशन सूचनाको हकको महत्वपूर्ण पक्ष भए पनि यो ओझेलमा परेकाले यसको कार्यान्वयनका लागि लाग्न सूचनाको हकका अभियानकर्मीलाई अनुरोध गरे । बिहीबार सुरु भएको दुई दिने सम्मेलन आज सम्पन्न हुने प्रचारप्रसार उपसमितिले जनाएको छ ।
सम्मेलनमा ७७ जिल्ला र सबै प्रदेशका प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहेको छ । सम्मेलनले आज काठमाडौँ घोषणापत्रसहित आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्ने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: