काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले आज काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने बताए।
“सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्नसक्छ, उत्तेजना र आवेगमा आएर कसैको चरित्रहत्या गर्नुहुँदैन,” नेता केसीले भने । उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएकाले यसको संरक्षणमा कांग्रेस लाग्ने प्रतिबद्धता जनाए ।
नेता केसीले पत्रकारिताको माध्यमबाट सञ्चारकर्मीले मुलुकको परिवेशको उजागर गरेकोमा प्रसंशा गर्दै आगामी दिनमा लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनको विकासमा स्वर्गीय अधिकारीले खेलको भूमिका अविस्मरणीय रहेको स्मरण गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्वर्गीय अधिकारीले चितवनको संस्थागत पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
नेपाल प्रेस युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले चितवनमा पत्रकारिताको माध्यमबाट भएको परिवर्तनमा स्वर्गीय अधिकारीको ठूलो भूमिका रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी सचिव सृजना अर्याल, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस युनियन चितवनका पूर्वअध्यक्ष बसन्त पराजुलीलगायतको सहभागीता थियो । स्वर्गीय अधिकारी चितवनबाट प्रकाशित हुने प्रवाह साप्ताहिकको प्रकाशक तथा सम्पादक थिए । विस २००४ सालमा जन्मिएका अधिकारीको विस २०८० असोज २ गते काठमाडौँमा निधन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: