Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

साउनयता तीन सय ४७ फर्मलाई कारबाही, ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको समस्या

खबरडबली संवाददाता

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फार्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार कारबाही गरिएका फार्मलाई रू ९२ लाख २५ हजार मूल्य बराबर जरिवाना गरिएको छ । त्यसैगरी, ३४ फार्मबाट रू एक करोड एक लाख ९० हजार मूल्य बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ । 

तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाइ पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका हुन् ।

अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फार्ममा अनुगमन गरिरहेको छ । दसैं, तिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको विभागले जनाएको छ ।

चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए । उनका अनुसार विभागले एक्लै र संयुक्तरुपमा बजार अनुगमन गर्दै आएको छ ।
     
त्यस्तै, चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक  मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending