सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ ।
सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताए । हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा सम्बन्धित निकायले चासो नदिँदा यात्रुलाई सास्ती हुने गरेको उनको भनाइ थियो । हनुमाननगर–राजविराज सडकअन्तर्गत तोपाखण्डको सडकमा सवारी साधन गुड्न सक्ने अवस्था नरहेको उनले बताए ।
वर्षामा मात्र नभई अरु समयमा पनि जीर्ण सडकका कारण सदरमुकाम राजविराजसम्म पुग्न समस्या हुने गरेको जनता समाजवादी पार्टीका नेता जीतेन्द्र खड्गाले गुनासो गरे । यस खण्डमा ठूलाठूला खाल्डो भएकाले रातिको समयमा यात्रा गर्दा थप जोखिम रहेको बताउँदै यहाँ सवारी दुर्घटनाको अत्यधिक सम्भावना रहेको उनको भनाइ थियो ।
सोही खण्डअन्तर्गत मन्सापुर नजिक सडेपारमा पनि यात्रा गर्न सास्ती हुने स्थानीय शैलेन्द्र सिंहले बताए । “हामीले सडक विभाग, पालिका तथा वडा कार्यालयलाई सडक बनाउन आग्रह गर्दा पनि स्तरोन्नतिको काम भएको छैन”, उनले भने, “सम्बन्धित निकायको लापरवाहीका कारण स्थानीयले सास्ती भोग्दै आएका छौँ ।”
सडकको अवस्थाका कारण आपत्कालीन बिरामीलाई विराटनगर, धरानलगायतका अस्पताल पुर्याउन निकै सास्ती हुने गरेको एम्बुलेन्स चालक महिनारायण यादवले गुनासो सुनाए । १२ किलोमिटरको उक्त सडक खण्डको चार किलोमिटर अति जीर्ण अवस्थामा रहेको उनले बताए । सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै उक्त खण्डको मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: