सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ ।
सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताए । हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा सम्बन्धित निकायले चासो नदिँदा यात्रुलाई सास्ती हुने गरेको उनको भनाइ थियो । हनुमाननगर–राजविराज सडकअन्तर्गत तोपाखण्डको सडकमा सवारी साधन गुड्न सक्ने अवस्था नरहेको उनले बताए ।
वर्षामा मात्र नभई अरु समयमा पनि जीर्ण सडकका कारण सदरमुकाम राजविराजसम्म पुग्न समस्या हुने गरेको जनता समाजवादी पार्टीका नेता जीतेन्द्र खड्गाले गुनासो गरे । यस खण्डमा ठूलाठूला खाल्डो भएकाले रातिको समयमा यात्रा गर्दा थप जोखिम रहेको बताउँदै यहाँ सवारी दुर्घटनाको अत्यधिक सम्भावना रहेको उनको भनाइ थियो ।
सोही खण्डअन्तर्गत मन्सापुर नजिक सडेपारमा पनि यात्रा गर्न सास्ती हुने स्थानीय शैलेन्द्र सिंहले बताए । “हामीले सडक विभाग, पालिका तथा वडा कार्यालयलाई सडक बनाउन आग्रह गर्दा पनि स्तरोन्नतिको काम भएको छैन”, उनले भने, “सम्बन्धित निकायको लापरवाहीका कारण स्थानीयले सास्ती भोग्दै आएका छौँ ।”
सडकको अवस्थाका कारण आपत्कालीन बिरामीलाई विराटनगर, धरानलगायतका अस्पताल पुर्याउन निकै सास्ती हुने गरेको एम्बुलेन्स चालक महिनारायण यादवले गुनासो सुनाए । १२ किलोमिटरको उक्त सडक खण्डको चार किलोमिटर अति जीर्ण अवस्थामा रहेको उनले बताए । सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै उक्त खण्डको मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: