कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएको छ ।
सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् । धान पाक्नै नपाई मर्न थालेपछि उत्पादन घट्ने चिन्ता किसानलाई छ । वडा नं १ बन्साहाका किसान नरबहादुर कुवँरले पाँच कट्ठा जग्गामा लगाइको धान बाली फड्के किराका कारण सखाप भएको बताए ।
“धान पाक्नै लाग्दा किराको प्रकोप देखा पर्यो”, उनले भने, “हेर्दा हेर्दै दुई/तीन दिनमै पूरै धानका बोट मरेका छन् ।” अरू खेतमा किरा सर्नबाट रोक्नका लागि विषादी छर्ने कार्य गरिरहेको उनले बताए। फड्के किराको प्रकोप देखा परेका क्षेत्रमा धानको उत्पादन २० देखि ३० प्रतिशतसम्म घट्न सक्ने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए ।
“केही ठाउँमा किराको प्रकोपले पूरै धानबाली पाक्न नपाउँदै सुकेको छ”, उनले भने, “कुनै ठाउमा भर्खर किराको प्रकोप देखिएको छ, किसानलाई कृषि शाखाबाट नि:शुल्क रुपमा फड्के किरा मार्नका लागि एजाडिराक्टिन र एसिफेट नामक विषादी वितरणको कार्य गरिरहेका छौँ ।”
किराको सङ्ख्या हेरी एक हप्ताको फरकमा विषादी छर्कनका लागि किसानलाई सल्लाह दिन थालेको जनाउँदै उनले किसानलाई धानका बिरुवाको फेदमा पर्ने गरी विषादी छर्कन लगाउन लागेको बताए । फडके किराको प्रकोप तीन वडामा बढी देखिए पनि फाटफुट रुपमा नगरपालिकाका १२ वटै वडामा देखिएको उनले बताए ।
किसानले किराको प्रकोप हुन लागेका बेला सावधानी अपनाउन नसक्दा बढी क्षति ब्यहोर्नुपरेको उनले बताए । नगरपालिकाको खेतीयोग्य जग्गाको ९० प्रतिशत क्षेत्रमा धान खेती हुने गरको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: