जुम्ला । यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका–५ स्थित गुठिचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेको छ ।
स्याउको गुणस्तरमा यहाँका किसानले खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब उक्त मेशिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गुणस्तरियता र उच्च गरिमा बढ्ने पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।
गुठिचौर एग्रो फार्मले उच्च घनत्वको स्याउ ३८ हजार बिरुवा रोपेको छ । यस वर्ष दुई लाखभन्दा बढी किलो स्याउ उत्पादन हुने अनुमान गरिएको एग्रो फार्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारीले बताए । ग्रेडिङ मेशिनले सुपर, ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ आकारमा ग्रेडिङ गर्नेछ ।
ग्रेडिङ मेशिनले गुठिचौर एग्रो फार्म प्रालिको बगैँचाको स्याउ मात्रै ग्रेडिङ नगरी जिल्लाका आसपासका किसानहरुको समेत स्याउ ग्रेडिङ गरिने एग्रो फार्म प्रालिका सञ्चालक भण्डारीको भनाइ छ । जिल्लामा कूल चार हजार दुई सय ५० हेक्टरमा स्याउको खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसअघि जिल्लामा ग्रेडिङ मेशिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: