Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मनाङको स्याउ मनाङमै खपत

नवीन लामिछाने

मनाङ । हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ । 

मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ । अब यहाँको स्याउको मुख्य बजार पनि मनाङ हुने देखिएको छ । 

बेभरेजले सञ्चालनमा ल्याएको यो कारखानाले वार्षिक दुई लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । यसबाट उत्पादित वाइन पनि कम्पनीले सार्वजनिक गरिसकेको छ । कम्पनीले मनाङको तीन हजार पाँच सय मिटर उचाइमा रहेको साब्जे लेकमा कार्यक्रम गरी ‘मनाङ भ्याली वाइन’ सार्वजनिक गरेको थियो । 

उत्पादित वाइनको मूल्य रु एक हजार २५ निर्धारण गरिएको छ । “हामीले तीन वर्षको कडा मिहिनेत र अध्ययन तथा अनुसन्धानपछि वाइन कारखाना सञ्चालनमा ल्याएका छौँ, यसमा अन्तर्राष्ट्रियस्तरका मापदण्ड पूर्णरूपमा पालना गरेका छौँ”, मनाङ बेभरेजका प्रबन्ध निर्देशक आश्रय रञ्जितकारले भने, “यसले मनाङमा स्याउ उत्पादनलाई थप टेवा पुग्नेछ भने बजार अभाव समस्या पनि अन्त्य गर्नेछ ।”

उनका अनुसार हाल मनाङमा करिब आठ सयदेखि एक हजार टन स्याउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित स्याउ कारखानाका लागि पर्याप्त हुनेछ । प्रबन्ध निर्देशक रञ्जितकारका अनुसार अबको पाँच वा छ वर्षसम्म यस पर्याप्त हुने भए पनि त्यसपछि भने मुस्ताङ, हुम्लालगायत जिल्लामा क्षेत्र विस्तार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले वाइन कारखाना सञ्चालनका लागि मात्रै करिब रु १० करोड लगानी गरेको छ । हाल कारखानामा प्रत्यक्ष रूपमा करिब ३५ देखि ४० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या करिब पाँच सय रहेका छन् । “पूर्वाधार र बाटोको असहज अवस्थाका कारण कारखानाका लागि आवश्यक सामग्री पुर्याउन निकै कठिन भएको थियो”, उनले भने । अब वाइन उत्पादन गरेर बजार पुर्याउने चुनौती पनि रहेको उनले स्पष्ट पारे ।

व्यावसायिक स्याउ खेती वृद्धि 

प्राकृतिक रूपमा चर्चासँगै मनाङको स्याउ खेतीको चर्चा उत्तिकै छ । जतिबेला एग्रो मनाङ प्रालिले सात सय ३५ रोपनी क्षेत्रफल जग्गामा एकै पटक स्याउ खेतीको व्यावसायिक खेती थाल्यो । मनाङ एग्रोले करिब छ वर्षअघि इटाली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर खेती गर्न सुरु गरेको हो । हाल स्याउ खेतीले पर्यटकको आकर्षणको केन्द्र पनि बन्दै गएकोे छ ।

यस स्याउ फार्ममा गाला, फुजी र गोल्डेन डिलिसेस गरी तीन प्रजातिका करिब ६० हजार बिरुवा लगाइएको छ । करिब रु २० अर्ब लगानीमा सुरुआत भएको यस फार्मबाट उत्पादित स्याउ एग्रो मनाङले हिमालयन फ्रेस ब्रान्ड नाममा बजारसम्म पुर्याउँदै आएको छ । यस फार्ममा हाल २८ जनाले रोजगारी पाएका छन् भने सिजनमा ३५ देखि ४० भन्दा बढीले काम गर्ने गरेका छन् ।

एग्रो मनाङ प्रालिका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार गत वर्ष यस फार्मले चार सय ५० टन स्याउ उत्पादन गरेको थियो भने यस वर्ष छ सय ५० टन उत्पादन गर्ने लक्ष्य लिएको छ । वाइन कारखानाका लागि यस फार्मले प्रतिकिलो रु ५० मा स्याउ गरिरहेको छ । नेपाली स्याउले यहाँको बजारको करिब १० प्रतिशत मात्रै माग धान्न सक्ने भएकाले आफूले स्याउ खेती अगाडि बढाएको गुरुङ बताउँछन् । 

“एग्रो मनाङको फार्म हाउस दक्षिण एसियाकै सबैन्दा ठूलो हो । यसका साथै मनाङको पिसाङमा पनि तीन सय ८० रोपनीमा गत वर्षबाट स्याउ खेती सुरु भएको छ”, गुरुङले भने, “यसरी बजार सुनिश्चितता बढ्दै जाँदा स्याउको व्यावसायिक खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।”

उनले हाल एग्रो मनाङ फार्ममा प्रतिहेक्टर ४० टन स्याउ उत्पादन भएको जानकारी दिए । यस फार्मले करिब ६० हजार स्याउका बोटबाट उत्पादन लिइरहेको छ । मनाङ एग्रोको स्याउ फार्मसँगै मनाङ बेभरेजको वाइन कारखानामा खपत हुनेछ । यससँगै मनाङ एग्रोको कोल्ड स्टोर पनि छ ।

जसमा स्याउलाई ग्रेडिङ गरी भण्डारण गर्ने, बिक्री गर्ने र बजारसम्म पठाउने कामका साथै कारखानालाई पनि त्यहीँबाट छुट्टयाउने काम हुन्छ । मनाङ बेभरेजले जिल्लामा उत्पादित सबैको स्याउलाई वाइन बनाउन कारखानामा लिने जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: