Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

मनाङको स्याउ मनाङमै खपत

नवीन लामिछाने

मनाङ । हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ । 

मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ । अब यहाँको स्याउको मुख्य बजार पनि मनाङ हुने देखिएको छ । 

बेभरेजले सञ्चालनमा ल्याएको यो कारखानाले वार्षिक दुई लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । यसबाट उत्पादित वाइन पनि कम्पनीले सार्वजनिक गरिसकेको छ । कम्पनीले मनाङको तीन हजार पाँच सय मिटर उचाइमा रहेको साब्जे लेकमा कार्यक्रम गरी ‘मनाङ भ्याली वाइन’ सार्वजनिक गरेको थियो । 

उत्पादित वाइनको मूल्य रु एक हजार २५ निर्धारण गरिएको छ । “हामीले तीन वर्षको कडा मिहिनेत र अध्ययन तथा अनुसन्धानपछि वाइन कारखाना सञ्चालनमा ल्याएका छौँ, यसमा अन्तर्राष्ट्रियस्तरका मापदण्ड पूर्णरूपमा पालना गरेका छौँ”, मनाङ बेभरेजका प्रबन्ध निर्देशक आश्रय रञ्जितकारले भने, “यसले मनाङमा स्याउ उत्पादनलाई थप टेवा पुग्नेछ भने बजार अभाव समस्या पनि अन्त्य गर्नेछ ।”

उनका अनुसार हाल मनाङमा करिब आठ सयदेखि एक हजार टन स्याउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित स्याउ कारखानाका लागि पर्याप्त हुनेछ । प्रबन्ध निर्देशक रञ्जितकारका अनुसार अबको पाँच वा छ वर्षसम्म यस पर्याप्त हुने भए पनि त्यसपछि भने मुस्ताङ, हुम्लालगायत जिल्लामा क्षेत्र विस्तार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले वाइन कारखाना सञ्चालनका लागि मात्रै करिब रु १० करोड लगानी गरेको छ । हाल कारखानामा प्रत्यक्ष रूपमा करिब ३५ देखि ४० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या करिब पाँच सय रहेका छन् । “पूर्वाधार र बाटोको असहज अवस्थाका कारण कारखानाका लागि आवश्यक सामग्री पुर्याउन निकै कठिन भएको थियो”, उनले भने । अब वाइन उत्पादन गरेर बजार पुर्याउने चुनौती पनि रहेको उनले स्पष्ट पारे ।

व्यावसायिक स्याउ खेती वृद्धि 

प्राकृतिक रूपमा चर्चासँगै मनाङको स्याउ खेतीको चर्चा उत्तिकै छ । जतिबेला एग्रो मनाङ प्रालिले सात सय ३५ रोपनी क्षेत्रफल जग्गामा एकै पटक स्याउ खेतीको व्यावसायिक खेती थाल्यो । मनाङ एग्रोले करिब छ वर्षअघि इटाली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर खेती गर्न सुरु गरेको हो । हाल स्याउ खेतीले पर्यटकको आकर्षणको केन्द्र पनि बन्दै गएकोे छ ।

यस स्याउ फार्ममा गाला, फुजी र गोल्डेन डिलिसेस गरी तीन प्रजातिका करिब ६० हजार बिरुवा लगाइएको छ । करिब रु २० अर्ब लगानीमा सुरुआत भएको यस फार्मबाट उत्पादित स्याउ एग्रो मनाङले हिमालयन फ्रेस ब्रान्ड नाममा बजारसम्म पुर्याउँदै आएको छ । यस फार्ममा हाल २८ जनाले रोजगारी पाएका छन् भने सिजनमा ३५ देखि ४० भन्दा बढीले काम गर्ने गरेका छन् ।

एग्रो मनाङ प्रालिका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार गत वर्ष यस फार्मले चार सय ५० टन स्याउ उत्पादन गरेको थियो भने यस वर्ष छ सय ५० टन उत्पादन गर्ने लक्ष्य लिएको छ । वाइन कारखानाका लागि यस फार्मले प्रतिकिलो रु ५० मा स्याउ गरिरहेको छ । नेपाली स्याउले यहाँको बजारको करिब १० प्रतिशत मात्रै माग धान्न सक्ने भएकाले आफूले स्याउ खेती अगाडि बढाएको गुरुङ बताउँछन् । 

“एग्रो मनाङको फार्म हाउस दक्षिण एसियाकै सबैन्दा ठूलो हो । यसका साथै मनाङको पिसाङमा पनि तीन सय ८० रोपनीमा गत वर्षबाट स्याउ खेती सुरु भएको छ”, गुरुङले भने, “यसरी बजार सुनिश्चितता बढ्दै जाँदा स्याउको व्यावसायिक खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।”

उनले हाल एग्रो मनाङ फार्ममा प्रतिहेक्टर ४० टन स्याउ उत्पादन भएको जानकारी दिए । यस फार्मले करिब ६० हजार स्याउका बोटबाट उत्पादन लिइरहेको छ । मनाङ एग्रोको स्याउ फार्मसँगै मनाङ बेभरेजको वाइन कारखानामा खपत हुनेछ । यससँगै मनाङ एग्रोको कोल्ड स्टोर पनि छ ।

जसमा स्याउलाई ग्रेडिङ गरी भण्डारण गर्ने, बिक्री गर्ने र बजारसम्म पठाउने कामका साथै कारखानालाई पनि त्यहीँबाट छुट्टयाउने काम हुन्छ । मनाङ बेभरेजले जिल्लामा उत्पादित सबैको स्याउलाई वाइन बनाउन कारखानामा लिने जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending