काठमाडौँ । धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।
“धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनामा करिब रु दुई अर्ब ९५ करोड ९तीन हजार दुई सय ९६ मिलियन जापानी येन० बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्झौता भएको छ”, सम्झौतापछि उपलब्ध गराइएको विज्ञप्तिमा भनिएको छ ।
परियोजनाको कार्यान्वयनपछि दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आईसीयू, र बाहिरी बिरामी परामर्श कक्षसहितको ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई, सीटी, जस्ता चिकित्सा उपकरण उपलब्ध गराएर चिकित्सा सेवालाई सुदृढ हुनेछ । सो आयोजनाको कूल कार्यान्वयन अवधि ४८ महिना रहेको छ । प्रस्तावित अनुदान सहयोग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत सशर्त अनुदानका रूपमा परिचालन गरिनेछ ।
नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा जापान सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै अर्थ सचिव पुस्करले सोे परियोजनाको कार्यान्वयनले विशेषगरी धुलिखेल र आसपासका बिरामीहरूलाई आपतकालीन सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका लागि जापानी राजदूत किकुताले सो परियोजनाले स्वस्थ जीवन सुनिश्चित गर्न र नेपाली जनताको हितलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: