Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

६० किलो सुन प्रकरण: २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

खबरडबली संवाददाता

काठमाडौँ । ६० किलो सुन प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

अदालतले भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

यसैगरी कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरु राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, दोलखाको मेलुङ गाउँपालिका–३का रामकुमार भुजेल, सोही ठाउँका दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी मानिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

सुन प्रकरणमा २६ जना थुनामा रहेकोमा रुक्मणि सुब्बालाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending