Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

इजरेली गुप्तचर गाजाबाट भीषण आक्रमण रोक्न किन विफल भयो ?

खबरडबली संवाददाता

काठमाडौं । “हामीलाई थाहा छैन, त्यो कसरी हुन सक्यो।”

यति बृहत् स्रोतसाधन हुँदा पनि इजरेली गुप्तचरले हमासको आक्रमणको भेउ किन पाएन भनेर मैले सोध्दा इजरेली अधिकारीले यस्तो प्रतिक्रिया दिइरहेका छन्।

दर्जनौँ सशस्त्र प्यालेस्टिनी बन्दुकधारीहरू इजरेल र गाजा स्ट्रिपबीचको कडा सुरक्षा पहरासहितको सीमा पार गर्न सफल भएका थिए। शनिवार मात्रै हजारौँ रकेटहरू गाजाबाट इजरेलतर्फ प्रहार गरिएका थिए।

इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयास हुँदा पनि कसैले यस्तो हुन्छ भन्ने आकलन गर्न नसक्नु अनौठो हो वा यदि उनीहरूले आकलन नै गरेको भए पनि त्यसमा कदम चाल्न विफल भए।

इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ। प्यालेस्टाइनको लडाकु समूहसहित उसका एजेन्ट र सुराकीहरू लेबनन, सिरिया र अन्यत्र छन्।

विगतमा उसले कतिपय विद्रोही नेताहरूलाई उनीहरूको आवतजावतबारे ठ्याक्कै वास्तविक सूचना लिएको आधारमा हत्या समेत गरिदिएको थियो।

हमास लडाकु कसरी इजरेलभित्र पसे?

इजरेल प्यालेस्टाइन कतिपय अवस्थामा एजेन्टहरूले ती व्यक्तिका कारमा जीपीएस ट्रयाकर राखिदिएका भरमा त्यस्ता हत्या ड्रोन आक्रमणबाट गरिएका थिए। कतिपय समयमा मोबाइल फोन विस्फोटन गराइएको थियो।

गाजा र इजरेलबीचको तनावपूर्ण सीमा तारबारनजिकै क्यामेरा, भुइँमा हुने गतिविधि थाहा पाउने सेन्सर र नियमित सैनिक गस्तीको कडा सुरक्षा बन्दोबस्त छ।

सीमामा लगाइएको बारमाथिको धारिलो तारलाई यस पटकको हमलामा देखिए जस्तो घुसपैठ रोक्नका लागि खडा गरिएको ‘बुद्धिमानी अवरोध’ का रूपमा कतिपयले लिएका छन्।

तर हमासका विद्रोहीहरूले त्यसलाई पार गरेका छन् र तारहरू काटेर वा समुद्रको बाटो हुँदै वा प्याराग्लाइडिङको मद्दतले इजरेलभित्र प्रवेश गरेका छन्।

इजरेलको नाकैमुनि यस्तो सुनियोजित र जटिल हमलाको तयारी गर्न अभूतपूर्व बन्दोबस्त र सुरक्षाको व्यवस्था हमासले गरेको हुनुपर्छ।

हजारौँ रकेटहरू प्रहार गर्न त्यही स्तरमा ती अस्त्रहरूको भण्डारण र व्यवस्थापन गर्नु साधारण होइन। इजरेली सञ्चारमाध्यमले तुरुन्तै कसरी यस्तो भयो भनेर देशको सैनिक र राजनीतिक नेतृत्वमाथि प्रश्न गरेको छ।

एक समयमा उसका शत्रुले ठ्याक्कै ५० वर्षअघि यस्तै आश्चर्यजनक रूपमा इजरेलमाथि आक्रमण गरेका थिए। सो युद्धलाई योम किप्पर युद्ध भनिन्छ जुन अक्टोबर १९७३ मा भएको थियो।

प्रश्न छन्, तर उत्तर छैन

इजरेल प्यालेस्टाइन इजरेली अधिकारीहरूले मसँग कुरा गर्दै एउटा प्रमुख अनुसन्धान अघि बढाइएको भन्दै अहिले उठेका प्रश्नहरू ‘वर्षौँसम्म उठिरहने’ बताएका छन्।

तर अहिलेको इजरेलका प्राथमिकताहरू अरू नै छन्। उसले दक्षिणी सीमाबाट भइरहेको घुसपैठलाई नियन्त्रण र दमन गर्नुपर्ने छ भने सीमा पर्खालको इजरेलतर्फको भूभागका कैयौँ समुदायमाथि नियन्त्रण कायम गरेका हमास लडाकुहरूलाई त्यहाँबाट हटाउनुपर्नेछ।

बन्धक बनाइएका आफ्ना नागरिकलाई उसले सशस्त्र उद्धार मिसन वा वार्तामार्फत् छुटाउनुपर्नेछ।

इजरेलमाथि रकेट हमला गर्ने ठाउँहरूलाई उसले निमिट्यान्न पार्ने प्रयास गर्नेछ। तर त्यो लगभग असम्भव काम हो किनभने लगभग जहाँसुकैबाट कुनै भेउ नै नदिईकनै त्यसरी आक्रमण गर्न सक्ने स्थिति छ।

र, सम्भवतः इजरेलका लागि सबैभन्दा ठूलो चिन्ता भनेको उसले हमासले गरिरहेको अस्त्रको अनुरोधमा अरूलाई पर्नबाट रोक्नु र यो तनावलाई वेस्ट ब्याङ्कसम्म फैलनबाट रोक्नु हो। अनि सम्भवतः भारी अस्त्रले सुसज्जित हिजबुल्लाहलाई उत्तरी सीमाको लेबननबाट द्वन्द्वमा नतान्नु भन्ने हो। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending