Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

इजरेली गुप्तचर गाजाबाट भीषण आक्रमण रोक्न किन विफल भयो ?

खबरडबली संवाददाता

काठमाडौं । “हामीलाई थाहा छैन, त्यो कसरी हुन सक्यो।”

यति बृहत् स्रोतसाधन हुँदा पनि इजरेली गुप्तचरले हमासको आक्रमणको भेउ किन पाएन भनेर मैले सोध्दा इजरेली अधिकारीले यस्तो प्रतिक्रिया दिइरहेका छन्।

दर्जनौँ सशस्त्र प्यालेस्टिनी बन्दुकधारीहरू इजरेल र गाजा स्ट्रिपबीचको कडा सुरक्षा पहरासहितको सीमा पार गर्न सफल भएका थिए। शनिवार मात्रै हजारौँ रकेटहरू गाजाबाट इजरेलतर्फ प्रहार गरिएका थिए।

इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयास हुँदा पनि कसैले यस्तो हुन्छ भन्ने आकलन गर्न नसक्नु अनौठो हो वा यदि उनीहरूले आकलन नै गरेको भए पनि त्यसमा कदम चाल्न विफल भए।

इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ। प्यालेस्टाइनको लडाकु समूहसहित उसका एजेन्ट र सुराकीहरू लेबनन, सिरिया र अन्यत्र छन्।

विगतमा उसले कतिपय विद्रोही नेताहरूलाई उनीहरूको आवतजावतबारे ठ्याक्कै वास्तविक सूचना लिएको आधारमा हत्या समेत गरिदिएको थियो।

हमास लडाकु कसरी इजरेलभित्र पसे?

इजरेल प्यालेस्टाइन कतिपय अवस्थामा एजेन्टहरूले ती व्यक्तिका कारमा जीपीएस ट्रयाकर राखिदिएका भरमा त्यस्ता हत्या ड्रोन आक्रमणबाट गरिएका थिए। कतिपय समयमा मोबाइल फोन विस्फोटन गराइएको थियो।

गाजा र इजरेलबीचको तनावपूर्ण सीमा तारबारनजिकै क्यामेरा, भुइँमा हुने गतिविधि थाहा पाउने सेन्सर र नियमित सैनिक गस्तीको कडा सुरक्षा बन्दोबस्त छ।

सीमामा लगाइएको बारमाथिको धारिलो तारलाई यस पटकको हमलामा देखिए जस्तो घुसपैठ रोक्नका लागि खडा गरिएको ‘बुद्धिमानी अवरोध’ का रूपमा कतिपयले लिएका छन्।

तर हमासका विद्रोहीहरूले त्यसलाई पार गरेका छन् र तारहरू काटेर वा समुद्रको बाटो हुँदै वा प्याराग्लाइडिङको मद्दतले इजरेलभित्र प्रवेश गरेका छन्।

इजरेलको नाकैमुनि यस्तो सुनियोजित र जटिल हमलाको तयारी गर्न अभूतपूर्व बन्दोबस्त र सुरक्षाको व्यवस्था हमासले गरेको हुनुपर्छ।

हजारौँ रकेटहरू प्रहार गर्न त्यही स्तरमा ती अस्त्रहरूको भण्डारण र व्यवस्थापन गर्नु साधारण होइन। इजरेली सञ्चारमाध्यमले तुरुन्तै कसरी यस्तो भयो भनेर देशको सैनिक र राजनीतिक नेतृत्वमाथि प्रश्न गरेको छ।

एक समयमा उसका शत्रुले ठ्याक्कै ५० वर्षअघि यस्तै आश्चर्यजनक रूपमा इजरेलमाथि आक्रमण गरेका थिए। सो युद्धलाई योम किप्पर युद्ध भनिन्छ जुन अक्टोबर १९७३ मा भएको थियो।

प्रश्न छन्, तर उत्तर छैन

इजरेल प्यालेस्टाइन इजरेली अधिकारीहरूले मसँग कुरा गर्दै एउटा प्रमुख अनुसन्धान अघि बढाइएको भन्दै अहिले उठेका प्रश्नहरू ‘वर्षौँसम्म उठिरहने’ बताएका छन्।

तर अहिलेको इजरेलका प्राथमिकताहरू अरू नै छन्। उसले दक्षिणी सीमाबाट भइरहेको घुसपैठलाई नियन्त्रण र दमन गर्नुपर्ने छ भने सीमा पर्खालको इजरेलतर्फको भूभागका कैयौँ समुदायमाथि नियन्त्रण कायम गरेका हमास लडाकुहरूलाई त्यहाँबाट हटाउनुपर्नेछ।

बन्धक बनाइएका आफ्ना नागरिकलाई उसले सशस्त्र उद्धार मिसन वा वार्तामार्फत् छुटाउनुपर्नेछ।

इजरेलमाथि रकेट हमला गर्ने ठाउँहरूलाई उसले निमिट्यान्न पार्ने प्रयास गर्नेछ। तर त्यो लगभग असम्भव काम हो किनभने लगभग जहाँसुकैबाट कुनै भेउ नै नदिईकनै त्यसरी आक्रमण गर्न सक्ने स्थिति छ।

र, सम्भवतः इजरेलका लागि सबैभन्दा ठूलो चिन्ता भनेको उसले हमासले गरिरहेको अस्त्रको अनुरोधमा अरूलाई पर्नबाट रोक्नु र यो तनावलाई वेस्ट ब्याङ्कसम्म फैलनबाट रोक्नु हो। अनि सम्भवतः भारी अस्त्रले सुसज्जित हिजबुल्लाहलाई उत्तरी सीमाको लेबननबाट द्वन्द्वमा नतान्नु भन्ने हो। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE