Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

प्रभु साहको विश्लेषण- सांसद र सदन भारदारी सभाजस्तो छ

खबरडबली संवाददाता

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन् ।  उनले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गरे ।

पूर्वमन्त्री साहले भने, “देश छाडेर भाग्ने महान् जस्तो, यहीँ बसेर धर्तीको सेवा गर्ने अपमानित र लाछीजस्तो देखियो, त्यसलाई बदल्न जरुरी छ । यो धर्तीमा बस्न पाएकामा गौरव गर्नुस् ।”

जनतामा आशा र उत्साह जागृत गराएमा पहाड बनिरहेको नदी धापलाई सहरमा परिणत गरेको उदाहरण आफ्नो निर्वाचन क्षेत्र भएको दाबी गर्दै उनले भने, “विदेश भाग्ने तिमीहरू गल्ती गर्दैछौँ, हामी मुलुकलाई सुन्दर बनाएर देखाउँछौँ, कायर र कमजोर होइनौँ, हामी महान् छौँ ।”

वाग्मती र बकैया नदीबाट प्रभावित रौतहटको धाप क्षेत्रबाट आफूले राजनीति सुरु गरेको समय कयौँले घर र खेती छाडेर सहर पसेको घटना स्मरण गराउँदै पूर्वसहरी विकासमन्त्री साहले अहिले त्यो ठाउँ सुन्दर गाउँ र नमूनामा बस्तीमा परिणत भएको दाबी गरे ।

जनतामा आशा र भरोसा दिँदै रौतहटको अभियान देशभर फैलाउन आवश्यक रहेको बताउँदै नेता साहले सही र गलत व्यवहार र तथ्यले परीक्षण गरी नेपाल बनाउने अभियानमा सरिक हुन युवापुस्तालाई सुझाव दिए। उनी भन्छन्, “नेपालमा अहिले भइरहेको अभ्यास संसदीय व्यवस्था नभई पार्टीका नेताको हालीमुहाली हो । सांसद र सदन भारदारी सभाजस्तो छ ।”

सांसदको काम भनेको ताली बजाउने र एस वा नोमा सीमित रहेको बताउँदै अध्यक्ष साहले भन्छन्, “नेताहरूले शासन गरिहनुभएको छ, उहाँहरूको स्तरमा जे हुन्छ, सदनमा त्यसलाई ल्याएर औपचारिकता दिने र पारित गर्नेमात्र काम हुन्छ ।”

नेता साहसँग मधेसी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव, नेकपा (माओवादी)को केन्दीय सदस्य, तत्कालीन नेकपाको मधेस प्रदेश अध्यक्ष र नेकपा (एमाले) स्थायी समिति सदस्य भई काम गरेको अनुभव छ । सांसद साहले मुुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका क्रममा नौ वर्ष भूमिगत र एक वर्ष बेपत्ता जीवन बिताएका साहले कानुन, न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालयको नेतृत्वसमेत सम्हालेका थिए ।

उनी विसं २०६२÷६३ को जनआन्दोलनपछि लगातार संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् । जनप्रतिनिधि कानुन निर्माणबाहेकका कार्यमा संलग्न हुनुहुन्न भन्नेहरू अयोग्य र बेइमान भएको तर्क प्रस्तुत गर्दै उनले दलीय प्रणाली भएको मुलुकमा संसद्ले बजेट र नीति तथा कार्यक्रम बनाउँछ भने सरकारको कार्यान्वयन गर्ने जिम्मेवारी भएको स्पष्ट गरे ।

अध्यक्ष साहले  भने, “हामी नागरिक सर्वोच्चतालाई सम्मान गर्छौँ, कुन कार्यक्रम कहाँ आवश्यक र प्रभावकारी छ भनेर हेर्ने काम सदन र सांसदकै हो, त्यो उनीहरूले नगरे कसले गर्छ त ।” जनताका प्रतिनिधिको सर्वोच्चता र निर्वाचित व्यक्तिको नेतृत्व कायम गर्दै कानुन निर्माणमा सांसदलाई पूर्णरूपमा स्वतन्त्रता प्रदान गर्नुपर्नेमा विधेयकका हरेक दफा र शब्दमा दलको ह्वीप लाग्ने प्रवृत्तिले गुणस्तरीय कानुन निर्माण हुन नसकेको उनले भनाइ प्रस्तुत गरे ।

चुनावमा कुन उम्मेदवार निर्वाचित हुन्छ भनी पहिले नै आकलन गरिने विषयले जनसहभागिता र निर्वाचन प्रणालीको निष्पक्षतामाथि प्रश्न उठिरहेको बताउँदै अध्यक्ष साहले नेता विशेषको खल्तीबाट नाम राख्ने समानुपातिकले लोकतन्त्रकै खिल्ली उडाएको विचार प्रकट गरे ।

विगतमा मदन भण्डारी र कृष्णप्रसाद भट्टराईबीचको उम्मेदवारीलाई स्वस्थ्य प्रतिस्पर्धा र असल लोकतान्त्रिक अभ्यासका रूपमा लिन सकिने उदाहरण प्रस्तुत गर्दै उनले भने, “मिलेर लड्नुपर्छ, सबै नेता जित्नुपर्छ अनि लुट्नुपर्छ भन्ने सोच लोकतन्त्र हुनै सक्दैन ।”
 
प्रतिनिधिसभाको गएको निर्वाचनमा ठूलो दलका उम्मेदवारलाई पराजित गरी आफू विजयी भएको घटनालाई अपवादका रूपमा लिएको बताउँदै उनले प्रणाली स्थापित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा प्रस्तुत गरे ।

पूर्वमन्त्री साह भन्छन्, “प्रतिस्पर्धा, पारदर्शी, जवाफदेहिता र निष्पक्षता भएमा मात्र लोकतन्त्र हुन्छ, त्यो कुनै अहिले हामीले अभ्यास गरिरहेका छैनौँ, भ्रष्टाचार बढेको छ, सुशासन कमजोर छ अनि कसरी लोकतन्त्र हुन्छ, यो केवल दलतन्त्रमात्र हो ।”

निर्वाचन प्रणालीसँगै राज्य व्यवस्था, मूल नेतृत्व र संरचना नै ठीक नभएको बताउँदै उनले भने, “जबसम्म राज्यका सबै मेसिनरी ठीक हुन्न, तबसम्म राम्रो परिणाम दिन सकिन्न ।” अहिले दल र नेतामा मात्र सीमित यथास्थितिवादी शाससन व्यवस्था रहेको विचार प्रकट गर्दै अध्यक्ष साहले आफूहरूले जनताको नेतृत्वसहित अग्रगामी र रुपान्तरणकारी शासन व्यवस्था चाहेको भनाइ प्रस्तुत गरे ।

मुलुकमा अहिले भइरहेको राज्य सञ्ञ्चालनको अभ्यास र ढाँचाप्रति जनताको आलोचना रहेको बताउँदै पूर्वमन्त्री साहले त्यसैको परिणाम युवा विद्यार्थीको विदेश पलायन भएको टिप्पणी गरे । समाजमा रहेको आक्रोश बेलाबखत सदनमा पनि देखिने गरेको घटना सुनाउँदै पूर्वकानुनमन्त्री साहले त्यो मौलाउँदो दण्डहीनता र नेतृत्वप्रति कमजोर विश्वासको नतिजा भएको विचार प्रकट गरे ।

हिजोको राज्यव्यवस्था दमनकारी रहेकामा अहिलेको समग्र चरित्र लुटकारी र भगौडा देखिएको आरोप लगाउँदै उहाँले नेपालमा अवसर लिने र सम्पत्ति कमाएर विदेशमा थुपार्ने प्रवृत्ति मौलाउँदो रहेको प्रतिक्रिया दिए । उनले भने, “जनतालाई निराश बनाएर देश कहिल्यै बन्दैन, नागरिकलाई उत्साहित तुल्याउनुपर्छ, बदमासीलाई दण्डित गर्नुपर्छ, अनि मात्र मुलुक बन्छ, विकास हुन्छ, समृद्धि ल्याउन सकिन्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: