Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

माझी समुदायलाई रोजीरोटीकै पिरलो

खबरडबली संवाददाता

बागलुङ । पुर्खौंदेखि कालीगण्डकी नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदाय संकटमा परेका छन् । पुर्खौंदेखिको पेसा अगाल्दै जीविकोपार्जन गर्दै आएका उनीहरु नदीमा छिर्न नपाउँदा अहिले फुर्सिदला भएका छन् । न्यून आयस्तर भएका सीमान्तकृत उनीहरु नदीमा नपसेको दुई वर्ष पुगेको छ । 

पुस्तौँदेखि कालीगण्डकी किनाराको खनियाबासमा बस्दै आएका १७ घरपरिवार माझी समुदाय बागलुङ पोखरा सडक विस्तारका क्रममा विस्थापित भएपछि बागलुङको बाङ्गेचौरमा आश्रित थिए । 

बागलुङ नगरपालिकाले सीमान्तकृत माझी समुदायलाई पाँच अघिमात्रै खनियाबासमा जग्गासहितको घर बनाइदिएको थियो । पुस्तौँदेखि यही कालीगण्डकी नदीको छेउमा बस्तै आएका हामीहरुलाई दुई वर्षदेखि कालीगण्डकी नदीमा पस्न नदिएको देउकुमारी माझीले दुखेसो गरिन् । 

“हाम्रो आश्रयस्थलनै कालीगण्डकी नदी थियो, अहिले त्यही नदीमा नगएको दुई वर्ष भयो, माझी समुदायको पीडा कस्ले बुझ्ने, कालीगण्डकी नदीमा खनीखोस्री गरेर जीविका चलाउँदै आएका थियौँ, अहिले बालुवा निकाल्न दिइँदैन, रातको समयमा डोजरले निकालेर आँखै अगाडि लगेर जान्छ, हामी त हेरेकोहेरै”, उनले भनिन्, “पहिला सुन चाल्ने बगर अहिले छैन, खोलामा डोजर हालेर बगर नै राखेनन् त्यही बालुवा निकालेर पेट पाल्दै आएका थियौँ, अहिले बालुवा लिनलाई ट्र्याक्टर आउँदैनन्, हामीले बिल बनाएर बालुवा बिक्री गर्न कहाँ सक्छौँ र ?”

उनले पुर्खौंदेखिको पेसालाई सरकारले हटाउँदा माझी समुदायले हातमुख जोर्न समस्या भएको जनाउँदै स्थानीय सरकारलाई पटक–पटक गुनासो गरे पनि सुनुवाइ नभएको बताइन्। 

उनले नदीजन्य उत्खनन रोक्नका लागि हामी जस्तालाई रोक लगाएको र क्रसर व्यवसायीलाई प्रोत्साहन गरेको दुखेसो सुनाइन् । पहिला बालुवा चाल्ने गरे पनि अहिले खोला गहिरो भएर गएकाले एक दशकदेखि यहाँका माझी समुदायले बालुवा चाल्न छोडेका छन् । 

पछिल्लो समय कालीगण्डकीमा माछासमेत कम पाइन थालेपछि उनीहरु पेसाबाट पलायन भइरहेको पाइएको छ । यहाँका माझी समुदाय हातमुख जोर्नकै लागि विस्तारै पेसा परिवर्तन गर्न बाध्य भएको स्थानीय मङ्गली माझीले बताइन् । 

“हाम्रो त खोलाबाट बालुवा निकाल्ने अधिकारनै हो तर माफियाले गरिखान दिएनन्, रातिमा डोजर लगाएर चोर्नेकार्य भइरहन्छ, हामीलाई एक बोरा बालुवा निकाल्न नदिएको दुई वर्ष भयो, हाम्रो पीडा कसैले बुझ्दैनन् यहाँका माझी अहिले अरुको घरमा काम गर्ने, ज्यालादारीमा खोतालो जाने, खेतबारीमा काम गर्न जान थालेका छन्”, उनले भनिन्, “अहिले यहाँका युवाले माछा मार्ने जाल र ढडिया बुन्न छोडेका छन्, खोलामा पस्न नपाएपछि माझी समुदायको अस्तित्वनै खतरामा पर्यो, माझी समुदायलाई नगरपालिकाले जग्गा दियो, घर दियो तर रोजीरोटीका लागि पहल गरोस् भन्ने चाहना छ ।” 

खनियाबासमा अहिले १७ माझी परिवार बसोबास गर्दै आएका छन् । यहाँका युवायुवती विस्तारै सहकारी र अन्य सङ्घ संस्थामा  कार्यरत हुन थालेका छन् भने वृद्धवृद्धा नदीमा बालुवा निकाल्न नपाए पनि फुर्सदिला भएका छन् । 

माझी परिवारका अधिकांश सदस्यको जीविका कालीगण्डकीको बगरमा निर्भर भए पनि पछिल्लो दुई वर्ष कालीगण्डकी नदीमा बालुवा निकाल्न प्रशासनले रोक लगाएको छ ।  खनीखोस्री बालुवा निकाल्न प्रशासनले रोक लगाए पनि पारिपट्टि पर्वततर्फबाट भने रातको समयमा अवैध कालीगण्डकी नदी दोहोन रोकिएको छैन । ठूला उपकरणले रातको समयमा कालीगण्डकी नदी दोहन गर्दा कालीगण्डकीको बगर पर्वततर्फ र कालीगण्डकीको धार बागलुङतर्फ फर्केको छ । 

कालीगण्डकीको धार परिवर्तन हुँदा बागलुङतर्फको माझी बस्ती र मालढुङ्गाको बस्तीसमेत जोखिममा परेको जनाइएको छ । कालीगण्डकी किनारमा गिट्टी कुट्ने, बालुवा चाल्ने र माछा मार्ने माझीले आफ्नो जीविका चलाउनका लागि विभिन्न विकल्प खोज्न थालेको स्थानीय माझी समुदाय हर्कबहादुर बोटेले दुखेसो सुनाए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्सा प्रकरणले निम्त्याएको विवाद, चुच्चे नक्सासहितको नयाँ नोट कहिले छापिन्छ ?

काठमाडौं । नेपालको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले सरकारले हालै गरेको निर्णयअनुसार ‘आगामी चक्रमा’ नोट छाप्ने क्रममा सय रुपैयाँको नोटमा नेपालको नयाँ &...

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसा...

भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै...

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी- डेढ अर्ब अपचलनको आरोपमा ८ पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गर...

व्यास नगरपालिकाको पुनः मतगणना गर्न उच्च अदालतको आदेश, उल्टिएला नतिजा ?

पोखरा । तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न पोखरा उच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले पुनः ...

सरकारको खर्च आम्दानीभन्दा दुई खर्बले बढी, झन् खस्कियो पुँजीगत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपैयाँ बढी खर्च गरेको छ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार ...

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका...

भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका ...

एमाले पनि तयार भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि विश्वासको मत लिने भएका छन् । एमाले पनि तयार भएपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत ...

सन्दीपविरुद्धको मुद्दामा आज फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies