सुनसरी । सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जनाएको हो ।
केन्द्रले सुनसरीको धरान-लेउती सुरुङमार्ग, खुटिया-बीपी नगर-दिपायल सुरुङमार्ग, गोदावरीकुण्ड-काभ्रे मानेचौर सुरुङमार्ग र बाग्लुङ- नरेठाटी सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता सम्पन्न गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडीई) दीप बाराहीले चारवटाको सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । उनकाअनुसार गत वर्ष दुई वटा सुरुङमार्ग, आर्थिक २०७८/७९ मा एउटा र चालु आर्थिक वर्षमा एउटा गरी चार वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । उक्त प्रारम्भिक अध्ययनमा आयोजना निर्माणको लागि ५३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
‘अहिले प्रारम्भिक अध्ययनबाट चार वटा सुरुङमार्ग निर्माणका लागि ५३ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खर्च हुने देखिएको छ,’ उनले भने, ‘उक्त अध्ययनले आयोजनाको ठ्याक्कै लागत यही हो भन्ने चाहिँ हुन्न । आगामी दिनमा प्रक्रिया अगाडि बढेमा डीपीआर र इआईएबाट आयोजनाको लागत यकिन हुनेछ ।’
उनले अहिले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्गको पहिलो चरणको प्रक्रिया पुरा गरेको बताए । केन्द्रले अध्ययन गरेको धरान-लेउती सुरुङमार्गका जोगबनी-किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले धरानदेखि लेउती खोलासम्मको सुरुङमार्ग बनाउने योजना बनाएको छ ।
सम्भाव्यता अध्ययनले सुरुङमार्गको लम्बाई ३.८७ किलोमिटर मिटर कायम हुने देखाएको छ । सरकारले सडकको दुरी कम गर्ने उद्देश्यसहित निर्माणका लागि गरेको अध्ययनबाट आयोजनाको निर्माण लागत ११ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । यदि उक्त सुरुङमार्ग निर्माण भएमा सवा घण्टाभन्दा बढी लाग्ने समय छोट्टिएर अधिकतम १० मिनेटमा सिमित हुनेछ ।
उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन २०७८/७९ मा सम्पन्न भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएपनि हालसम्म अन्य कार्य भने नबढेको बाराहीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - १३:५०
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...
भाद्र ३१ गते, २०८१ - १३:४७
काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...
भाद्र ३१ गते, २०८१ - १३:३५
काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...
भाद्र ३१ गते, २०८१ - १३:३०
काठमाडौं । हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...
भाद्र ३१ गते, २०८१ - १३:१६
काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...
भाद्र ३१ गते, २०८१ - १३:१३
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...
भाद्र ३१ गते, २०८१ - १३:०३
काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको स...
भाद्र ३१ गते, २०८१ - १३:००
काठमाडौं । मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...
भाद्र ३१ गते, २०८१ - १२:२१
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...
भाद्र ३१ गते, २०८१ - १२:२०
चितवन । चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...
प्रतिकृया लेख्नुहोस्: