काठमाडौं । देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ ।
संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।
केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए ।
यही असोज २६ गते शुक्रबारका दिन भएको कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए । काठमाडौं जिल्लाका ६२ वर्षीया सासुलाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन् । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य हुँदै गएको छ ।
कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ ।
केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउनसमेत अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...
आषाढ़ १३ गते, २०८३ - ०८:३२
नयाँ दिल्ली । मध्यपूर्वमा उत्पन्न युद्धका कारण अवरुद्ध बनेको ऊर्जा आपूर्ति सहज हुन थालेपछि भारत सरकारले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) माथि ...
आषाढ़ १३ गते, २०८३ - ०८:२९
काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (...
आषाढ़ १३ गते, २०८३ - ०८:२३
विराटनगर । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएक...
आषाढ़ १३ गते, २०८३ - ०८:२१
काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव...
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...



प्रतिकृया लेख्नुहोस्: