काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबढी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार दुई सय एकासी रकम भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको हो ।
यसअघि निगमले २०७९ असारदेखि २०८० असार सम्मको अवधिमा रु तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार एक सय २५ रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनकाअनुसार निगमको आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको र नगद प्रवाहमा सुधार भएपश्चात् प्रमुख इन्जिन मर्मत खचर्, नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मतसम्भार खर्चसमेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना बक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरीएको छ ।
निगमले दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा रहेको जनाएको छ । ती जहाजमार्फत नेपालका दुर्गम क्षेत्रमा सेवा विस्तार गरिनुका साथै पर्यटन प्रवद्र्धनको साथै निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने विश्वास लिइएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका आफ्ना सबै जहाज सञ्चालनमा आएको जनाएको छ । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड रहेका ती जहाज सबै सञ्चालनमा आएको निगमले जनाएको छ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि समान दुई थान वाइडबडी र न्यारोबडी गरी कूल चार वटा जहाज छन् ।
असोज २९ गतेदेखि नै निगमका सबै जहाज नियमित उडानमा रहेकाले चाडपर्वका अवसरमा यात्रुलाई गन्तव्यमा पुग्न सहज हुने निगमले उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: