Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

खेल संस्कृतिनिर्माणका लागि‘जोन इयर्ले पार्क’को निर्माण

खबरडबली संवाददाता

धदिङ । इयर्लेट्रष्ट–नेपालले धादिङको सिद्धलेख गाउँपालिकाको नलाङमा सामाजिक–खेलकुद विकास तथा खेल संस्कृति विकास तथा प्रवद्र्धनका लागि ‘जोन इयर्ले पार्क’को औपचारिक उदघाटन गरेको छ ।

नेपाल, बुल्गेरिया, फ्रान्सका खेल क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा उदघाटन भएको पार्कको संयुक्त अधिराज्य बेलायतमा गर्ने मिनि ओलम्पिकको अवधारणामा ‘नलाङ ओलम्पिक खेलकुद’आयोजना गर्ने वृहत् उद्धेश्य साथ सो पार्क स्थापना भएको हो ।

साथै नियमित रुपमा स्थानियतथा राष्ट्रिय स्तरमा विभिन्न खेलकुद प्रशिक्षण, खेलकुद प्रतियोगिता लगायत खेल संस्कृति विकासका विभिन्न गतिविधि गर्नेछ । त्यस्तै स्थानीय कृषि उत्पादनको बजार प्रवद्र्धन, स्थानीयलाई सवारी चालक प्रशिक्षण प्रदान गर्नका लागिपनि जोन इयर्ले पार्क विशेष स्थान हुनेछ ।

बेलायती नागरिक जोन इयर्लेले स्थापना गरेको इयर्ले ट्रष्ट–नेपालले यस पार्कको अवधारणा सहित विगत वर्षहरु देखि कार्य गर्दै आएको थियो । संस्थापक जोनको उदघाटनको तय भएको मितिको दुई महिना अघि मात्र निधन भएको थियो । उदघाटन कार्यक्रम संस्थापक जोनको सपना र योजनालाई अझै अघि बढाउने ट्रष्टका अन्य सदस्यहरुले प्रतिवद्धता जनाएका छन् ।

संस्थापक जोनले विद्यालयमा खेलकुद गतिविधि शिक्षाको मुलआधार रहेको र खेलले जीवन उपयोगी सीप प्रदान गर्नेमा विश्वास गर्दथे । जस अन्तर्गत नलाङमा विद्यालय सञ्चालन गरिरहेको थियो भने अहिले खेल पार्कको सुरुवात गरेको हो ।

पार्कमा प्याराफिट सहित फुटबल ग्राउण्ड, क्रिकेट पिच, एथलेटिक्स ट्रयाक, भलिबल फिल्ड लगायत प्रशिक्षण र कार्यालय भवनहरु पनि निर्माण हुनेछन् । जहाँ प्रशिक्षार्थी र प्रशिक्षकका लागि ५६ बेडको आवासिय भवन निर्माण सम्पन्न भइसकेको छ ।

सम्पन्न भएको उदघाटन समारोहमा नेपाल ओलम्पिक कमिटिका पूर्व महासचिव, नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष ओलम्पियन रघु राजवन्त, नेपाललाई एथलेटिक्समा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउने महिला खेलाडी सन्तोषी श्रेष्ठले उदघाटन गरेका हुन् ।

ग्रामिण स्वास्थ्य, शिक्षा र खेलकुदमा निरन्तर सक्रिय भइरहेकी इयर्ले ट्रष्ट–नेपालका सह–संस्थापक डोरियाना दि मित्रिभाले जोन अनुपस्थितिको भावनात्मक दुःख रहेपनि ग्रामिण सामाजिक विकासका लागि ट्रष्टले निरन्तर कार्य गर्ने जनाए । उनले यस यात्रामा उदार मन भएकाहरुलाई आर्थिक र भावनात्मक रुपमा सघाउन पनि अनुरोध गरेकी छिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending