धनकुटा । धनकुटाको सहिदभूमिका एक युवाले आज पेट्रोल छर्केर शरीरमा आगो लगाएका छन् । सहिदभूमि गाउँपालिका वडा नं.२ गारा टोलका १९ वर्षीय समिर राईले आफ्नै घरको आगनमा बिहान करिब ९ बजे शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका हुन् ।
आगोले जलेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर स्कुलमा कक्षा ९ मा अध्ययनरत उनी दशैँ मनाउँन गत सोमबार गाउँ गएका थिए । आज उनले बुबा रामकुमारको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्कदै आगो लगाएका हुन् । आगोले उनको शरीरको बाहिरी अधिकांश भाग जलेको छ ।
आगोले शरीरको करिब ७५ प्रतिशत भाग जलेको छिन्ताङ स्वास्थ्य चौकीका सिनियर अहेब लाखमान राईले जानकारी दिए । ‘आगोले शरीरको अधिकांश भाग जलेको छ, झण्डै ७५ प्रतिशत भाग जलेको जस्तो देखिन्छ,’ अहेब राईले भने, ‘हामीले यहाँ प्राथमिक उपचार गरेर पठाएका छौं, शरीरको धेरै भाग जलेकाले अवस्था अलिक गम्भीर छ ।’
उनले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन । केही महिना अघिदेखि समिरले अस्वभाविक व्यवहार देखाउँदै आएको र आज एक्कासि शरीरमा आगो लगाएको समिरका बुवा रामकुमारले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: