Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्।

बकर इद (ईद–उल–अज्हा) को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले हरेक चाडपर्वले नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउने उल्लेख गरेका हुन्।

उनले बकर इद पर्वले मातृभूमिप्रतिको आत्मीयता अझ गहिरो बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। मुस्लिम समुदायले मनाउने यस पर्वले आपसी रिस, द्वेष र विभाजन बिर्सेर विश्वास, समर्पण र समाजसेवाको भावना फैलाउने उनले बताए।

राष्ट्रपतिले धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र सहअस्तित्व कायम राख्न यस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन्।

उनले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवर्द्धनमा पनि यस्ता चाडपर्वले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि बकर इदले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापको भावना अझ सबल बनाउने बताएका छन्।

शुभकामना सन्देशमा उनले बकर इद त्याग, समर्पण र बलिदानको प्रतीक पर्व भएको उल्लेख गर्दै विपन्न तथा सहयोग आवश्यक पर्ने व्यक्तिप्रति सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्ने बताएका छन्।

उपराष्ट्रपति यादवले धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि बकर इदले मानवता, सहकार्य र सामूहिकताको मूल्यलाई उजागर गर्ने धारणा राखेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending