काठमाडौं । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्ने लक्ष लिएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दशैँलगत्तै अफ्रिकाको सर्वाेच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन् ।
सो शिखर आरोहणका लागि दशैँ टिकाको भोलिपल्ट अफ्रिकाको तान्जेनियातर्फ लाग्ने पाण्डेले बताए । ‘टिकट भइसक्यो, टीकाको भोलिपल्टै त्यता लाग्छु’, उनले भने । तान्जेनियामा रहेको शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो उक्त शिखर जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो ।
गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरेका पाण्डेको अर्को महादेशको यात्राको रूपमा अफ्रिका परेको छ । रुसमा रहेको एलब्रस हिमालको दक्षिणी र पूर्वी दुवै चुचुराको उनले सफल आरोहण गरेका थिए । माउण्ट एलब्रस ५ हजार ६ सय ४२ मिटर उचाइमा रहेको छ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरिसकेका छन् । उनले सन् २०१८ मा सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका थिए । यसअघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन् । उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए ।
सगरमाथा पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका थिए । उनले हालसम्म नौ पटक विभिन्न हिमाल आरोहण गरेका छन् । एक वर्षभित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछिसगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना प्रकाशको छ ।
हिमाल चढ्ने आफ्नो अभियानमा पर्वतारोहणको क्षेत्रमा काम गर्नेले चासो देखाएका भए पनि सरकारको तर्फबाट खासै चासो नदिएको पाण्डेले गुनासो गरे । विभिन्न चन्दादाता सहयोगीको मद्दतमा आफ्नो यात्रा चलिरहेको उनले बताए । ‘मेरो व्यक्तिगत स्वार्थ के छ र, देशको नाम राखौँ, विश्वका सबै उच्च शिखरमा देशको झण्डा फहराऊँ भन्ने उद्देश्यले आरोहणमा लागेको हो, तर सोचेजस्तो सहयोग पाइएको छैन, हरेक पटकको यात्रामा ऋण खोज्नु परेको छ’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: