काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनलाई सवारी दुर्घटना गराएकामा सुर्खेत प्रहरीले पक्राउ गरेको हाे।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा९च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमान्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियामा लगेको थियो । स्वास्थ्य चौकी लगिनासाथ चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए।
बाँस्तोलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले पुष्टि गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - १३:५०
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...
भाद्र ३१ गते, २०८१ - १३:४७
काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...
भाद्र ३१ गते, २०८१ - १३:३५
काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...
भाद्र ३१ गते, २०८१ - १३:३०
काठमाडौं । हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...
भाद्र ३१ गते, २०८१ - १३:१६
काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...
भाद्र ३१ गते, २०८१ - १३:१३
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...
भाद्र ३१ गते, २०८१ - १३:०३
काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको स...
भाद्र ३१ गते, २०८१ - १३:००
काठमाडौं । मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...
भाद्र ३१ गते, २०८१ - १२:२१
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...
भाद्र ३१ गते, २०८१ - १२:२०
चितवन । चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...
प्रतिकृया लेख्नुहोस्: