Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

डेंगु संक्रमित ४० हजार नाघ्याे, जाडाेकाे पर्खाइमा सरकार !

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । मौसम परिवर्तनकाे समय सँगै उपत्यकामा डेंगु संक्रमितकाे संख्या बढेकाे हाे ।

उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ । डेंगुको संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने विज्ञको अनुमान छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगु केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।

यो वर्ष सबैभन्दा धेरै डेंगुबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको छ । महाशाखाको तथ्यांक अनुसार यसवर्ष डेंगु संक्रमण ७६ जिल्लामा देखिसकेको छ । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भए पनि यो सरुवा रोगभित्र नै पर्छ । डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ ।

विज्ञहरु दसैंको समयमा डेंगु प्रभावित क्षेत्रबाट गाँउघरमा फर्किनेहरु बढी हुँदा डेंगु नफैलिएको क्षेत्रमा पनि डेंगु बढ्सक्ने सरुवा रोग विशेषज्ञहरु बताउँछन् ।

स्थानीय ठाउँमा रहेको लामखुट्टे वृद्धि–विकास भइरहेको ठाउँ बढि जोखिममा हुने डा. शेर बहादुर पुनले बताए । भखरै संक्रमित भएका बिरामीको शरीरमा भाइरस रहिरहेको हुने र लामखुट्टेले बिरामीलाई टोक्दा लामखुट्टे पहिला संक्रमित भएर अन्य व्यक्तिलाई संक्रमण गराउन सक्ने उनकाे भनाइ छ । सन् २०२३ सुरु भएदेखि हालसम्म ४० हजार ५३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

त्यस्तै, संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाको पछिल्लो तथ्यांक हेर्ने हो भने संक्रमणदर विस्तारै बढेको देखिन्छ । अहिले डेंगु मिल्दा जुल्दा लक्षण लिएर अस्पताल पुग्नेहरूको संख्या कायमै रहेको डा. पुन बताउँछन् । मनसुन सकिएपछि डेंगुको संक्रमण बढ्ने गरेको छ । तर, यसको जोखिम केही समयसम्म रहन्छ । मनसुन सकिए पनि नेपालमा डेंगुको संक्रमण रोकिएको छैन ।

तापक्रम घट्दै जाँदा डेंगुको जोखिम पनि कम हुँदै जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालकाे भनाइ छ  । तापक्रम घट्दै जाँदा डेंगु जोखिम पनि कम हुँदै जाने उनको भनाइ छ । तर, संक्रमणको जोखिम भने कात्तिक महिनासम्म रहिरहने डा. दाहालले बताए ।

डेंगुको जोखिम कात्तिक महिनासम्म हुने र केही ठाउँमा बढ्दै गएको संक्रमण क्लस्टरका रूपमा देखिए पनि प्रकोपको रूप लिन नसक्ने  डा. दाहलकाे भनाइ छ । अहिले केही संक्रमित अस्पताल पुगेको पनि पोहोरजस्तो धेरै नभएकाे र ओपीडीमा बिरामी अस्पताल आएपनि भर्ना गनुपर्ने केस नरहेकाे उनले बताए । 

यसो हुँदा अब डेंगु संक्रमण विस्तारै कम हुँदै जाने उनको बुझाइ छ । ‘चिसो बढ्न थालेपछि यो घट्न सक्छ । तथ्यांकलाई हेर्ने हो भने एक लेभलमा पुगेपछि ह्वात्तै बढेको छैन । र, अब विस्तारै कम हुँदै जाने देखिन्छ,’ डा. दाहालले थपे । तर, हरेक वर्ष डेंगु संक्रमण देखिने गरे पनि सरकारले यसका लागि कुनै ठोस कदम भने चाल्न सकेको छैन । हरेक वर्ष देखिने डेंगु संक्रमणबाट वर्षेनि मानिसहरूको मृत्यु हुने गरेको छ ।

देशैभर फैलिएको डेंगुले हजारौं संक्रमित र सयौं मानिसको ज्यान लिइरहँदा पनि सरकार जाडो महिना कहिले आउला र डेंगु प्रकोप सकिएला भनेर चुप लागेर बसेको ईडीसीडीका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् । ‘रोग सुरु हुँदाबाट नै त्यसको रोकथाम र नियन्त्रण गर्ने प्रयासमा जाँदा धेरै छिट्टो त्यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । तर, त्यसप्रति सरकार गम्भीर नभएको भएन’ डा.मरासिनी भन्छन् ‘प्रत्येक वर्ष डेंगुले यतिको क्षति गरिसक्दा पनि सरकार मुकदर्शक नै भएर बसेको छ ।’

नेपालमा पहिलोपटक सन् २००४ मा नेपालमा एक जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो । र, संक्रमणकै कारण ८८ जनाको मृत्यु भएको थियो । डेंगु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्छ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै ठाउँमा पनि हुर्कन सक्छन् । जसका कारण आफ्नो घर वरपर पानी जम्ने सबै खाल्डाखुल्डी पुर्नुपर्छ ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

पानीको ट्याकींलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy