दमाैली । तनहुँ व्यास नगरपालिका–३ निवासी डा.विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।
‘हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,’ उनले भने, ‘टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौं।’ डा शाहको परिवार दसैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ।
अन्य ठाउँमा रहेका आफन्तहरु पनि दसैं मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ। उनले भने,‘दसैंका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौं, यसले गर्दा रमाइलो वातावरण बनाउँछ।’ दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए । ‘दसैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,’ उनले आफ्नो अनुभव सुनाए ।
दसैंका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ। बजार क्षेत्रका मानिसहरु दसैं मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो।
दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैं मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ। अन्य समयमा यातायातको चाप रहने यहाँ दसैंंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ। यहाँका धेरैजसो पसलहरु बन्द भएका छन।
मुख्य व्यापारिक केन्द्रहरू दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैंले प्रभाव पारेको छ। सर्वसाधारण दसैंंका लागि किनमेल गरेर दसैंं मनाउन ब्यस्त छन्। शुक्रबारसम्म बजारका पसलहरूमा राम्रो व्यापार भए पनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए। उनले भने, ‘शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ।’
जिल्लाका ग्रामीण भेगहरुमा भने दसैंंको उल्लासमय वातावरण रहेको छ। विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन्।
अन्य समयमा आ–आफ्नो काममा व्यस्त रहने आफन्तहरूको भेटघाटले ग्रामीण भेगहरूमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए। उनले भने, ‘वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - १३:५०
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...
भाद्र ३१ गते, २०८१ - १३:४७
काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...
भाद्र ३१ गते, २०८१ - १३:३५
काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...
भाद्र ३१ गते, २०८१ - १३:३०
काठमाडौं । हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...
भाद्र ३१ गते, २०८१ - १३:१६
काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...
भाद्र ३१ गते, २०८१ - १३:१३
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...
भाद्र ३१ गते, २०८१ - १३:०३
काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको स...
भाद्र ३१ गते, २०८१ - १३:००
काठमाडौं । मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...
भाद्र ३१ गते, २०८१ - १२:२१
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...
भाद्र ३१ गते, २०८१ - १२:२०
चितवन । चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...
प्रतिकृया लेख्नुहोस्: