Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ठेलाले धानेको विश्वम्भरकाे परिवार, २ वर्षदेखि श्रीमती बिरामी भएपछि ज्यान बचाइदिन याचना

खबरडबली संवाददाता

सुनसरी । सुनसरीकाे वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ का विश्वम्भर अधिकारीकाे ठेला थन्किएको  झण्डै दुई वर्ष भयो  । त्यही ठेलाले परिवार धानी रहेका अधिकारीकाे ठेला थन्कीए पछि परिवार धान्न र श्रीमतीकाे उपचारमा समेत यतिबेला उनलाइ धाैधाै परिरहेकाे छ ।

उनकाे ठेला समयले, बाध्यताले र विपत्तिले थन्क्यायो ।  घरको उत्तर कुनामा थन्किएको ठेला हेर्दै विश्वम्भर एकाबिहानै चन्दा उठाउन निस्कन्छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ स्थित ठाकुरबारीपूर्व साँघुरो बाटोमा एउटा नाम नराखिएको टोलमा छ विश्वम्भरको दु:खको घर । घरमा पुरानो ठेला थन्किएको छ, अनि असाध्ये रोगले थलीएकी श्रीमती ओछ्यानमा  ।
अधिकारी ४८ वर्षका भए । उनी ठेला चलाएर जिन्दगी धानिरहेका थिए । घरमा एक छोरी र श्रीमती । श्रीमती अम्बिका राई अधिकारी २ वर्षदेखि कलेजो र मृगौला रोगले ओछ्यानमा थलिएकी छन् । विश्वम्भरको ठेला साविकजस्तो चल्न छाड्यो ।

सिटीसफारी, टेम्पोले प्रतिस्थापन गरिदिएको उनको ठेलाले न दैनिक जीवन चलाउन सक्यो न श्रीमतीको ओखती नै किन्न सक्यो । ठेला थन्क्याए । अनि जे काम भेटिन्छ त्यही गर्न बाध्य भए विश्वम्भर । तर, गाउँमा रोजगारीको अभावले उनीसँग चन्दा उठाउनुको विकल्प रहेन । त्यस अघि उनले कमाइ खाँदै गरेको जग्गा ८० हजारमा बिक्री गरे । श्रीमतीको उपचारमा लगाए । तर रोग बीसको उन्नाईस भएन ।

स्थानीय सरकारलाई सहयोगको याचना गरे । ४ हजार रुपैयाँ पाए र एउटा चन्दा उठाउने चिर्कटो । हप्ता-पन्ध्र दिनमा श्रीमती अम्बिकाको कलेजो र मृगौलाको पानी फ्याँक्नु पर्छ । हालसम्म चन्दा र जायजेथाबाट सङ्कलित डेढ लाख रुपैयाँ  विश्वम्भरले खर्च गरिसके रोग रोकथामका लागि । रोगको दीर्घकालीन निवारणका लागि उपचार गर्न आर्थिक छैन ।

उनी आफैं पनि रोगी छन् 'ठूलो बिरामीका अगाडि आफ्नो रोगको त के कुरा' विश्वम्भर भन्छन् । बिमाका लागि फारम भरेको ९ महिना भयो । मङ्सिर-पुसदेखिमात्र बिमाको सुविधा पाउने अस्पतालले बताएको छ । 'फारम भरेको ९ महिना भयो कार्ड आएन, बिमा भए त केही सजिलो हुन्थ्यो ।' उनी भन्छन् ।

दु:खले जीविकोपार्जन गरिरहेको उनको जीवनमा आइपरेको बज्रपातबाट कसरी उम्कने  उपाय छैन उनीसँग । उपाय केही नहुँदा अब याचना र अपिल गर्नुबाहेक  विकल्प पनि छैन उनीसँग । अरुका घरमा दसैं विश्वम्भरका घरमा दशा छ । अभावमा उज्यालो अनुहार छैन दम्पतिको । 

मनकारीसँग याचना गरेका छन्  विश्वम्भरले - 'श्रीमतीको ज्यान बचाइदिनुहोस् ।'  विश्वम्भरले उनको सम्पर्क नम्बर ९७०३४५११६८ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । नेपाल बैङ्क लिमिटेड चक्रघट्टी शाखाको खाता नम्बर १२६०१००७३६६१२८०००००१ (Bishomver Adhikari) मा आर्थिक सहायता गरिदिनसमेत अपिल गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending