काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमेरिकी संघीय अनुसन्धान ब्युरोले भर्जिनियास्थित डेभिड रसको घरमा छापा मार्दा ४ करोड डलर (करिब ५ अर्ब ३० करोड नेपाली रुपैयाँ) भन्दा बढी मूल्यको सुनका बिस्कुटहरू फेला पारेको हो ।
एफबीआईका अनुसार रसको घरबाट ३०३ वटा सुनका बिस्कुट बरामद गरिएको छ । जसमध्ये प्रत्येकको तौल करिब एक किलो छ । सुनका साथै उनको घरबाट २० लाख डलर नगद र ३५ वटा महँगा रोलेक्स घडीहरू समेत जफत गरिएको छ । अदालती दस्ताबेजका अनुसार रसले सन् २०२५ नोभेम्बरदेखि २०२६ मार्चको बीचमा 'कामको सिलसिलामा हुने खर्च' भन्दै सरकारसँग ठूलो परिमाणमा सुन र विदेशी मुद्रा माग गरेका थिए । तर, पछि सीआईएले ती सुन र मुद्राको हिसाब र अवस्था फेला पार्न सकेन ।
सीआईएका निर्देशक जोन र्याटक्लिफले आन्तरिक अनुसन्धानपछि कानुनी कारबाहीका लागि एफबीआईलाई सिफारिस गरेपछि मे १९ मा उनलाई पक्राउ गरिएको हो । डेभिड रसमाथि 'सार्वजनिक धनको आपराधिक चोरी' गरेको अभियोग लगाइएको छ । उनीसँग अति गोप्य सूचनाहरूमा पहुँच थियो । यसका साथै उनले सरकारी जागिर खानका लागि आफ्नो शिक्षा र सैन्य सेवाका बारेमा झूटो विवरण दिएको र नक्कली सैन्य बिदा मिलाएर हजारौँ डलर भत्ता लिएको समेत आरोप लागेको छ ।
हाल रसलाई हिरासतमा राखिएको छ र यसै साता उनको अदालतमा सुनुवाइ हुने तय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: