काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन् ।
यी युवा बर्दियाका विवेक खत्री हुन् । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको छ । विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन् । रसियन सेनामा भर्ना हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मेरो परिवार आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ ।’
आफूलाई एकजना साथीले रसियन सेनामा भर्ती हुन सल्लाह दिएको उनले बताएका छन् । विवेकका अनुसार ती साथीले उनलाई रसियन सेनामा प्रशस्त पैसा कमाउन सकिने बताएका थिए । ‘म एउटा सफल व्यक्तिका रूपमा आफ्नी आमासामु फर्किन चाहन्थेँ । त्यसैले (रसियन सेनामा) जोडिएँ,’ उनले भनेका छन् ।
उनले आफू एक व्यक्तिले मोबाइलमा भाषा अनुवाद गरेर सेनामा आवद्ध भएको बताएका छन् । युद्धको बारेमा के धारणा छ भन्ने प्रश्नमा विवेकको जवाफ छ, ‘धेरै मानिसहरू मारिएका छन् । युद्ध समाधान होइन । सबै मानिसहरू समान छन् । मानिसहरू मार्नु राम्रो कुरा होइन ।’
उनले पुटिनलाई हिटलरको संज्ञा दिँदै रसियन प्रणाली राम्रो नभएको बताएका छन् । यद्यपि, विवेकलाई दबाबमा राखेर बोल्न लगाइएको हुन सक्ने अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...
मंसिर २६ गते, २०८२ - १०:५४
सल्यान । कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चल्ने चुनढुङ्गा र सिमेन्ट उद्योगका भारी टिप्पर बन्द गराउन स्थानीय फेरि आन्दोलित भएका छन्। वर्षौंदेखि अत्...
मंसिर २६ गते, २०८२ - १०:४१
काठमाडौँ । राजधानीको एक ऐतिहासिक र महत्त्वपूर्ण जलस्रोत येंगा हिटीमा करिब पाँच दशकपछि पानी पुनः प्रवाह भएको छ। करिब पन्ध्र सय वर्षअघिदेखि स्थानीय समुद...
मंसिर २६ गते, २०८२ - १०:३५
काठमाडौँ । सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत देशभर चैते धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनैमा उल्लेख्य वृद्धि ...
मंसिर २६ गते, २०८२ - १०:२०
दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। डडेल्धुराबाट काठ...
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...




प्रतिकृया लेख्नुहोस्: