Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सबै उमेर समूहमा लोकप्रिय टाटु घातक छ ?

खबरडबली संवाददाता

काठमाडौं  । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिको सुरक्षित छ ?

धेरैजसो मानिस के ठान्छन् भने टाटुमा  प्रयोग गरिने रङ वनस्पतिबाट बनाइएकाले त्यसबाट स्वास्थ्यमा असर पर्दैन तर सत्य फरक छ, टाटुमा प्रयोग भइरहेको अधिकांश रङ कृत्रिम हुन्छ । केहीलाई गह्रौँ धातु त केहीलाई प्लास्टिकले बनाइन्छ । रङ मिसाइने वस्तु अर्थात् द्रवको मुख्य आधार प्रायः पानी भए पनि त्यसमा इथाइल अल्कोहल हालिएको हुन्छ । यस  रसायनले स्नायु प्रणालीमा असर पार्छ । 

यसले बच्चामा बौद्धिक क्षमता घट्ने र व्यावहारिक समस्या आउने तथा वयस्कमा स्मरण ह्रास, कलेजोको रोग र क्यान्सरको खतरा देखिएको छ ।

यसै गरी रङ घोलिने द्रव अन्य घातक रसायन मिथायल अल्कोहल, आइसोप्रोपेल अल्कोहल, इथेलिन ग्लाइकोल, मेथानोल, फर्मेल्डिहाइड, डेनाट्युरेड अल्कोहल आदि मिसाइन्छ । यी सबै रसायनको सम्बन्ध गम्भीरस्वास्थ्य विकाससँग हुने गर्छ ।

मिथाइल अल्कोहल बारम्बार सम्पर्कमा आए छाला फुट्ने र सुक्खा हुने, कलेजो विकृत हुने, टाउको दुख्ने, आलस्यता तथा मृत्युसम्मको खतरा हुन्छ । यसै गरी मेथनोलले स्नायु प्रणालीमा असर पार्न सक्छ ।

आइसोप्रोपेल अल्कोहलका कारण छाला चिलाउने तथा आँखा, नाक, घाँटीमा समस्या आउने र टाउको दुख्ने र आलस्यता जस्ता समस्या देखिन्छ । फर्मेल्डिहाइडले गर्दा आँखा रसाइरहने तथा आँखा, छाला, नाक, घाँटी पोल्ने, सिँगान बग्ने, वाकवाकी लाग्ने लगायत क्यान्सरको खतरा औँल्याइएको छ ।

अमेरिकामा खाद्य तथा औषधी व्यवस्थापन प्रशासनले कुनै पनि खालको रङलाई छालामा प्रत्यारोपित गर्न अनुमति दिएको छैन । तापनि छालामा  टाटुको माध्यमबाट रङ हाल्ने काम भइरहेको छ ।

त्यहाँको क्यालिफोर्निया राज्यमा त टाटु कलाकारले आफ्नो ग्राहकलाई टाटुको रङमा घातक गह्रौँ धातु मसिएको हुन  सक्ने र त्यसले क्यान्सर उत्पन्न गर्ने भनी सचेत पार्नुपर्ने कानुनी प्रावधान नै राखिएको छ ।

अचम्मको कुरा के छ भने टाटुको रङ राखिएको भाँडामा त्यसमा प्रयोग गरिएका रसायनको बारेमा उल्लेख गर्नुपर्ने अनिवार्यता देखिँदैन । त्यसैले ती रङमा क्यान्सरसम्म गराउन सक्ने तत्व रहेको जानकारी टाटु कलाकारलाई  पनि हुँदैन ।

टाटुको रङमा मात्र समस्या छैन । टाटु बनाउन प्रयोग गरिने सुईले एचआइभी, हेपाटाइटिसलगायतका रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ ।

टाटुको मेसिनले प्रतिमिनेट तीन हजार पटक छाला गोद्ने गर्छ । सिउने मेसिनसरह नै टाटु मेसिनले काम गरेर गोदेर प्वाल परेको स्थानमा रङ भर्दै जान्छ । यसले परेको घाउ प्रायः चाँडै निको हुने भए पनि सङ्व्रmमणको खतरा टरेको हुँदैन ।

टाटु बनाउने बेला त घातक रसायनले रगतमा प्रवेश पाउने खतरा रहन्छ नै टाटु हटाउँदा ती रसायन सोझै  रगतमा पुग्ने भएकाले एक पटक टाटु बनाइहाल्नुभएको छ भने त्यसलाई त्यत्तिकै छाड्दा  राम्रो हुन्छ ।

टाटुको रङ बनाउन प्रयोग गरिने घातक धातुमा पारो, लेड, बेरिलियम, क्याडमियम, आर्सेनिक तथा एन्टिमनी, आइरन अक्साइड, कोबाल्ट, निकेल, आल्मुनियम आदि हुन् । यिनीहरूको सम्बन्ध 

मधुमेह, मुटुको रोग, स्नायु प्रणालीमा समस्या, हर्मोन असन्तुलन, क्यान्सर, उच्च रक्तचाप, सास बढ्ने लगायतका खतरनाक विकारसँग देखिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending