Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सबै उमेर समूहमा लोकप्रिय टाटु घातक छ ?

खबरडबली संवाददाता

काठमाडौं  । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिको सुरक्षित छ ?

धेरैजसो मानिस के ठान्छन् भने टाटुमा  प्रयोग गरिने रङ वनस्पतिबाट बनाइएकाले त्यसबाट स्वास्थ्यमा असर पर्दैन तर सत्य फरक छ, टाटुमा प्रयोग भइरहेको अधिकांश रङ कृत्रिम हुन्छ । केहीलाई गह्रौँ धातु त केहीलाई प्लास्टिकले बनाइन्छ । रङ मिसाइने वस्तु अर्थात् द्रवको मुख्य आधार प्रायः पानी भए पनि त्यसमा इथाइल अल्कोहल हालिएको हुन्छ । यस  रसायनले स्नायु प्रणालीमा असर पार्छ । 

यसले बच्चामा बौद्धिक क्षमता घट्ने र व्यावहारिक समस्या आउने तथा वयस्कमा स्मरण ह्रास, कलेजोको रोग र क्यान्सरको खतरा देखिएको छ ।

यसै गरी रङ घोलिने द्रव अन्य घातक रसायन मिथायल अल्कोहल, आइसोप्रोपेल अल्कोहल, इथेलिन ग्लाइकोल, मेथानोल, फर्मेल्डिहाइड, डेनाट्युरेड अल्कोहल आदि मिसाइन्छ । यी सबै रसायनको सम्बन्ध गम्भीरस्वास्थ्य विकाससँग हुने गर्छ ।

मिथाइल अल्कोहल बारम्बार सम्पर्कमा आए छाला फुट्ने र सुक्खा हुने, कलेजो विकृत हुने, टाउको दुख्ने, आलस्यता तथा मृत्युसम्मको खतरा हुन्छ । यसै गरी मेथनोलले स्नायु प्रणालीमा असर पार्न सक्छ ।

आइसोप्रोपेल अल्कोहलका कारण छाला चिलाउने तथा आँखा, नाक, घाँटीमा समस्या आउने र टाउको दुख्ने र आलस्यता जस्ता समस्या देखिन्छ । फर्मेल्डिहाइडले गर्दा आँखा रसाइरहने तथा आँखा, छाला, नाक, घाँटी पोल्ने, सिँगान बग्ने, वाकवाकी लाग्ने लगायत क्यान्सरको खतरा औँल्याइएको छ ।

अमेरिकामा खाद्य तथा औषधी व्यवस्थापन प्रशासनले कुनै पनि खालको रङलाई छालामा प्रत्यारोपित गर्न अनुमति दिएको छैन । तापनि छालामा  टाटुको माध्यमबाट रङ हाल्ने काम भइरहेको छ ।

त्यहाँको क्यालिफोर्निया राज्यमा त टाटु कलाकारले आफ्नो ग्राहकलाई टाटुको रङमा घातक गह्रौँ धातु मसिएको हुन  सक्ने र त्यसले क्यान्सर उत्पन्न गर्ने भनी सचेत पार्नुपर्ने कानुनी प्रावधान नै राखिएको छ ।

अचम्मको कुरा के छ भने टाटुको रङ राखिएको भाँडामा त्यसमा प्रयोग गरिएका रसायनको बारेमा उल्लेख गर्नुपर्ने अनिवार्यता देखिँदैन । त्यसैले ती रङमा क्यान्सरसम्म गराउन सक्ने तत्व रहेको जानकारी टाटु कलाकारलाई  पनि हुँदैन ।

टाटुको रङमा मात्र समस्या छैन । टाटु बनाउन प्रयोग गरिने सुईले एचआइभी, हेपाटाइटिसलगायतका रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ ।

टाटुको मेसिनले प्रतिमिनेट तीन हजार पटक छाला गोद्ने गर्छ । सिउने मेसिनसरह नै टाटु मेसिनले काम गरेर गोदेर प्वाल परेको स्थानमा रङ भर्दै जान्छ । यसले परेको घाउ प्रायः चाँडै निको हुने भए पनि सङ्व्रmमणको खतरा टरेको हुँदैन ।

टाटु बनाउने बेला त घातक रसायनले रगतमा प्रवेश पाउने खतरा रहन्छ नै टाटु हटाउँदा ती रसायन सोझै  रगतमा पुग्ने भएकाले एक पटक टाटु बनाइहाल्नुभएको छ भने त्यसलाई त्यत्तिकै छाड्दा  राम्रो हुन्छ ।

टाटुको रङ बनाउन प्रयोग गरिने घातक धातुमा पारो, लेड, बेरिलियम, क्याडमियम, आर्सेनिक तथा एन्टिमनी, आइरन अक्साइड, कोबाल्ट, निकेल, आल्मुनियम आदि हुन् । यिनीहरूको सम्बन्ध 

मधुमेह, मुटुको रोग, स्नायु प्रणालीमा समस्या, हर्मोन असन्तुलन, क्यान्सर, उच्च रक्तचाप, सास बढ्ने लगायतका खतरनाक विकारसँग देखिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending