Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कवड्डीकी कलावतीः स्कूलमा कप्तानदेखि एसियालीसम्म

खबरडबली संवाददाता
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन्। बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरू गरेर पूरा गरिदिए। स्कूलमा कवड्डी खेल्न थालेको तीन वर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्‍याइन्। शिक्षकको सहयोगको भरमा कवड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कवड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन्। उक्त प्रतियोगितामा काष्य पदक बिजेता महिला कवड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए। उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आवद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनौट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्। ‘विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन्,’ उनी भन्छिन्, ‘हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनौटमा पर्नु सामान्य कुरो होइन्।’ स्कूलस्तरमा हुने कवड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन्। त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधै प्रथम भयो। केही वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन्। हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन्। ‘यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै बिनाबिभागीय खेलाडी थिए,’ कलावतीले भनिन्, ‘राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो।’ नवौं राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कवड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन्। सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन्। ‘बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पु¥याउनुभयो,’ उनले भनिन्, ‘अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ।’ तीन बहिनी र दुई भाईमध्ये बहिनीबाट कान्छी हुन् कलावती। उनले राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाडौंमा प्रोत्साहन र सम्मान मिलेपनि गृहप्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो गरिन्। ‘ विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालें,’ कलावतीले भनिन्, ‘सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थे होला।’ गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा विमानस्थल पुगेको उनले जानकारी दिइन्। ‘हामी खेलाडीले सम्मान मागेको होइन् त्यो गुनासो पनि छैन,’ कलावती भन्छिन्,‘स्थानीय स्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन्।’ त्यसैगरी कवड्डी प्रशिक्षक विश्णुदत्त भट्ट पनि कलावती अनुशासित र मेहनती खेलाडी भएको बताउँछन्। ‘उनी स्कूलस्तरको खेलबाट यहाँसम्मआएकी हुन्,’ उनी भन्छिन्, ‘त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै एसियालीसम्म पुग्नु उनको ठूलो सफलता नै हो।’
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनका लागि सशस्त्र प्रहरीको १७ बुँदे परिचालन नीति सार्वजनिक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले १७ बुँदे ‘परिचालन नीति’ सार्वजनिक गरेको छ। सूचना अधिक...

सुनको मुल्य एकैदिन तोलामा ३ हजार ५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बजारमा एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ५६ हज...

निर्वाचन वैशाखसम्म सारिए पनि स्वाभाविक रूपमा स्वीकार्य: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको आगामी निर्वाचन सरकारले तोकेको मितिभन्दा केही पर सारिएर वैशाखमा पुगे पनि त्...

मोबाइल र साइकल सहयोग पाएपछि भलमन्सा र चौकिदारलाई काम गर्न सजिलो

घोडाघोडी । थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ ।...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending