Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

कवड्डीकी कलावतीः स्कूलमा कप्तानदेखि एसियालीसम्म

खबरडबली संवाददाता
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन्। बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरू गरेर पूरा गरिदिए। स्कूलमा कवड्डी खेल्न थालेको तीन वर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्‍याइन्। शिक्षकको सहयोगको भरमा कवड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कवड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन्। उक्त प्रतियोगितामा काष्य पदक बिजेता महिला कवड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए। उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आवद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनौट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्। ‘विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन्,’ उनी भन्छिन्, ‘हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनौटमा पर्नु सामान्य कुरो होइन्।’ स्कूलस्तरमा हुने कवड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन्। त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधै प्रथम भयो। केही वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन्। हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन्। ‘यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै बिनाबिभागीय खेलाडी थिए,’ कलावतीले भनिन्, ‘राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो।’ नवौं राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कवड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन्। सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन्। ‘बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पु¥याउनुभयो,’ उनले भनिन्, ‘अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ।’ तीन बहिनी र दुई भाईमध्ये बहिनीबाट कान्छी हुन् कलावती। उनले राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाडौंमा प्रोत्साहन र सम्मान मिलेपनि गृहप्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो गरिन्। ‘ विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालें,’ कलावतीले भनिन्, ‘सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थे होला।’ गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा विमानस्थल पुगेको उनले जानकारी दिइन्। ‘हामी खेलाडीले सम्मान मागेको होइन् त्यो गुनासो पनि छैन,’ कलावती भन्छिन्,‘स्थानीय स्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन्।’ त्यसैगरी कवड्डी प्रशिक्षक विश्णुदत्त भट्ट पनि कलावती अनुशासित र मेहनती खेलाडी भएको बताउँछन्। ‘उनी स्कूलस्तरको खेलबाट यहाँसम्मआएकी हुन्,’ उनी भन्छिन्, ‘त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै एसियालीसम्म पुग्नु उनको ठूलो सफलता नै हो।’
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending