रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरेदेखि सुत्केरी र बच्चाको घरमा नै स्वास्थ्य परीक्षण गराउने व्यवस्था गर्दै आएको छ ।
खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार प्रजनन् स्वास्थ्यमा स्थानीय सरकारसंवेदनशील बन्नुपर्ने दायित्वलाई ध्यानमाराखी गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती महिलालाई विभिन्न स्वास्थ्य सेवा प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको हो ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउने हेतुले स्थानीय सरकारले प्रोत्साहन गर्न सुत्केरीपछि पनि आमा र बच्चाको दुई चोटीसम्म स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरेको श्रेष्ठले बताए । ‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने मात्र होइन, सुत्केरी भएर घर फर्किएपछि पनि तीन दिन र सात दिनकी सुत्केरी महिला र बच्चाको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्र्मी सुत्केरीको घरमा नै पुग्छन् । त्यो पनि निःशुल्क । स्वास्थ्यकर्र्मीले घरमा गएर आमा र बच्चा दुवैको स्वास्थ्य परीक्षण गर्छन । परामर्श दिन्छन्, आवश्यक परे औषधी समेत दिन्छन् । प्रसूति पछिको अवस्था पनि त्यतिकै जोखिमपूर्ण हुने भएकोले सो सेवा प्रदान गरिएको हो’,श्रेष्ठले भने ।
सुरक्षित रूपमा सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन प्रेरित गर्न गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने देखि घरमै सुरक्षित सुत्केरी भएको अवस्थामा समेत गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरमै पठाएर आवश्यक स्वास्थ्य परिक्षण गर्ने गरेको श्रेष्ठको भनाई छ । उनले भने,‘कुनै महिला स्वास्थ्य संस्थामा नआई घरमा नै सुत्केरी भए भने त्यो थाहा पाउने बित्तिकै स्वास्थ्यकर्र्मी घरमा पुग्छन्, जाँच गर्छन र आवश्यक सेवा प्रदान गर्दछन । त्यसपछि पुनः तीन दिनदेखि सात दिनको बिचमा र सात दिनदेखि १४ दिनको बिचमा घरमा नै पुगेर बच्चा र आमा दुवैको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएर फर्कन्छन् ।’
गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरित गर्न सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम समेत सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत सुत्केरी भेट गर्न गाउँपालिका उपाध्यक्ष कोसेली सहित सुत्केरी महिलालाई भेट्न जाने गरेकी छिन् । बच्चाले लगाउने लुगा तथा आमाको लागि घ्यु, अण्डा लगायत पोसिलो खानेकुरा लिएर उपाध्यक्ष सुत्केरी भेट्न जाने गरेको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् ।
यसो गर्दा सुत्केरी अवस्थामा महिलामा परेको मनोवैज्ञानिक प्रभावलाई कम गराउन सहयोग मिल्ने अनुभव उपाध्यक्ष घिसिङको छ । ‘यसरी भेट्न जाँदा सुत्केरी महिलाले छुट्टै अनुभूति गर्छन, आफूलाई पनि आनन्द आउँछ’, उनले भनिन् ।
गाउँपालिकाले गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्स–रे सेवा समेत सञ्चालन गरेको छ । गाउँपालिकाको पकरबास स्वास्थ्य चौकीमा नियमित र अन्य स्वास्थ्य संस्थामा घुम्ती सेवा प्रदान गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: