रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरेदेखि सुत्केरी र बच्चाको घरमा नै स्वास्थ्य परीक्षण गराउने व्यवस्था गर्दै आएको छ ।
खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार प्रजनन् स्वास्थ्यमा स्थानीय सरकारसंवेदनशील बन्नुपर्ने दायित्वलाई ध्यानमाराखी गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती महिलालाई विभिन्न स्वास्थ्य सेवा प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको हो ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउने हेतुले स्थानीय सरकारले प्रोत्साहन गर्न सुत्केरीपछि पनि आमा र बच्चाको दुई चोटीसम्म स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरेको श्रेष्ठले बताए । ‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने मात्र होइन, सुत्केरी भएर घर फर्किएपछि पनि तीन दिन र सात दिनकी सुत्केरी महिला र बच्चाको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्र्मी सुत्केरीको घरमा नै पुग्छन् । त्यो पनि निःशुल्क । स्वास्थ्यकर्र्मीले घरमा गएर आमा र बच्चा दुवैको स्वास्थ्य परीक्षण गर्छन । परामर्श दिन्छन्, आवश्यक परे औषधी समेत दिन्छन् । प्रसूति पछिको अवस्था पनि त्यतिकै जोखिमपूर्ण हुने भएकोले सो सेवा प्रदान गरिएको हो’,श्रेष्ठले भने ।
सुरक्षित रूपमा सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन प्रेरित गर्न गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने देखि घरमै सुरक्षित सुत्केरी भएको अवस्थामा समेत गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरमै पठाएर आवश्यक स्वास्थ्य परिक्षण गर्ने गरेको श्रेष्ठको भनाई छ । उनले भने,‘कुनै महिला स्वास्थ्य संस्थामा नआई घरमा नै सुत्केरी भए भने त्यो थाहा पाउने बित्तिकै स्वास्थ्यकर्र्मी घरमा पुग्छन्, जाँच गर्छन र आवश्यक सेवा प्रदान गर्दछन । त्यसपछि पुनः तीन दिनदेखि सात दिनको बिचमा र सात दिनदेखि १४ दिनको बिचमा घरमा नै पुगेर बच्चा र आमा दुवैको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएर फर्कन्छन् ।’
गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरित गर्न सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम समेत सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत सुत्केरी भेट गर्न गाउँपालिका उपाध्यक्ष कोसेली सहित सुत्केरी महिलालाई भेट्न जाने गरेकी छिन् । बच्चाले लगाउने लुगा तथा आमाको लागि घ्यु, अण्डा लगायत पोसिलो खानेकुरा लिएर उपाध्यक्ष सुत्केरी भेट्न जाने गरेको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् ।
यसो गर्दा सुत्केरी अवस्थामा महिलामा परेको मनोवैज्ञानिक प्रभावलाई कम गराउन सहयोग मिल्ने अनुभव उपाध्यक्ष घिसिङको छ । ‘यसरी भेट्न जाँदा सुत्केरी महिलाले छुट्टै अनुभूति गर्छन, आफूलाई पनि आनन्द आउँछ’, उनले भनिन् ।
गाउँपालिकाले गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्स–रे सेवा समेत सञ्चालन गरेको छ । गाउँपालिकाको पकरबास स्वास्थ्य चौकीमा नियमित र अन्य स्वास्थ्य संस्थामा घुम्ती सेवा प्रदान गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: