भरतपुर । दसैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन्।
दसैंअघि सुनसान रहेका होटलदसैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्। सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्।
दसैं सुरू भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरू भएसँगै पुन: आशावादी भएको बताए।
'दसैंअघि सौराहा सुनसान जस्तै थियो,' उनले भने, 'पर्यटकीय सिजन सुरू भएसँगै पर्यटक बढ्न थालेका छन्।'
देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको संख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैंको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए।
उनले दसैंपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिए।
आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुरानै लयमा फर्काउने राम्रो संकेत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुंगाना बताउँछन्। उनले दसैंमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए।
दसैंको टीकापछि सौराहामा झनै पर्यटक बढेका छन्। शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो। सौराहाको ड्याम(साइटका रेस्टुरेन्ट तथा होटल भरिभराउ थिए। होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मीले आन्तरिकसँगै सौराहामा बाह्य पर्यटक बढेको बताए।
उनले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साह थपेको बताए। उनका अनुसार रसिया, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन्।
पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ। सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या बढ्दो छ। दसैंका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिराउँछ देखिन्छ।
आन्तरिक पर्यटक मिता आचार्यले दसैं बिदाको समय पारेर सौराहा घुम्न आएको बताइन्।
'निकुञ्जमा जिप सफारी र राप्ती नदीमा डुंगा सयर गर्यौं,' उनले भनिन्।
त्यस्तै अमेरिकाबाट घुम्न आएका पर्यटक एन्जेलाले चितवन निकुञ्जका वन्यजन्तुले र चराचुरूंगीले मन लोभ्याएको बताइन्। यहाँको प्राकृतिक वातावरणमा घुम्न पाउँदा मन आनन्दित भएको पनि उनले बताइन्।
सौराहा वरपर साना तथा ठूला गरेर एक सय ५० होटल छन् भने ५० भन्दा बढी रेस्टुरेन्ट छन्। सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै डुंगा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: