Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पूर्वसभामुख अग्नी सापकोटाले तीन दशकदेखि दशैं तिहारमा किन टिका लगाएनन् ?

खबरडबली संवाददाता

काठमाडौं । थाहा पाउँदा आश्चर्य लाग्न सक्छ, पूर्व सभामुख अग्नी सापकोटाले तीन दशकयता दशैं र तिहारमा टिका लाएका छैनन् ।

५० को दशकमा पार्टी नेतृत्वले दशैं नमनाउने भनेर गरेको निणर्यलाई उनले आजसम्म निरन्तरता दिएका छन् । यही कारणले हो सापकोटाले यस वर्ष पनि न आफूले टिका लाए न त अरुलाई नै लगाईदिए । यही कारण उनले बितेका ३० वर्षयता दशैं तिहारमा टिका लगाउने र लगाईदिने गरेका छैनन् । 

माओवादीका प्रवक्ताको जिम्मेवारीमारहेका नेता सापकोटाले पार्टीको दशैं तिहारमा टिका नलाउने भन्ने उबेलाको नीति, विचार र सिद्धान्त कहिलेसम्म अनुशरण गरिरहने भन्ने पनि थाहा नपाएकाे बताए ।

जनयुद्धको तयारीको समयमा नै नयाँ ढंगले सामाजिक सांस्कृतिक क्रान्ति गर्ने भन्दै माओवादीले दशैं तिहार जस्ता पर्व परम्परागत रुपमा नमनाउने घोषणा गरेको थियो। जनयुद्धको परिवर्तन पछि नेतृत्वतहले नै विस्तारै पर्व मनाउन थाले । नयाँ ढंगले सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भारत भ्रमण र पशुपतिमा गएर गरेको पूजाले नै त्यसलाई पुष्टि गर्छ । आफ्ना विचारको निरन्तरता र त्यसमा दृढता देखाउने भन्दा ‘विचारमा नै अस्थिर नेता’को ट्याग नै प्रचण्डले पाएका छन्।

आफूलाई शुद्ध कम्युनिष्ट पार्टी मान्ने माओवादी र त्यसका नेतृत्वले जनयुद्धको तयारी गर्दै गर्दा नै सामाजिक सांस्कृतिक क्रान्ति गर्ने घोषणा गरेर दशैं, तिहार जस्ता पर्व समेत नमान्ने घोषणा गरेको माओवादी त्यसमा किन अडिग हुन सकेन ? भन्ने प्रश्नमा सापकोटाले, नेतृत्व र पार्टीमा विचारको विकास रोकिएको भएपनि आफू भने सिद्धान्तमा अडिग रहेको दाबी गरे।

‘विसं २०५० तिर जनयुद्धको तयारी गर्दा नै दशैंको बारेमा छलफल बहस गर्नुपर्छ र यसलाई नयाँ परिभाषा सहित मनाउनु पर्छ भनेर हामी कम्युनिष्टले दशैं मान्न छोड्यौं । त्यहाँदेखि आजसम्म मैले दशैं तिहारमा टिका लगाएको पनि छैन र अरुलाई पनि लगाईदिएको छैन । किनभने त्यो समयमा किन छोडेको र अहिले किन सुरु गर्ने भन्ने कुराको जवाफ मसँग छैन । यसमा नेतृत्वसँग छलफल गर्न पनि सकिएको छैन। अरुलेत छोडेर पनि अर्को निर्णय नहुँदै पुनः टिका लाउन सुरु गरे। तर मैले भने परम्परागत हिसाबले टिका लगाएको छैन’  माओवादी नेता सापकोटाले सुनाए ।

सापकोटाले पार्टीभित्र दशैं किन मान्न छोडेको र किन मनाउन सुरु गर्ने भन्ने बहस गरेर निष्कर्ष ननिकाले सम्म आफूले दशैं मनाउनुको औचित्य नहुने देखेकैले तीन दशक यता पर्वमा टिका लाउने लगाइदिने नगरेको बताए । यस विषयमा नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाई छ।

‘हामीले पार्टीभित्र दशैं किन नमान्ने भनेको र पछि किन कम्युनिष्टले मान्न थालेको भनेर छलफल चलाउन सकेकै छैनौं । संस्कृति ठूलो कुरा हो, यसलाई कसरी संरक्षण गर्ने, सिर्जनात्मक र रचनात्मक रुपले कसरी विकास गर्ने भन्ने कुरामा यसमा ठूलो बहसको आवश्यकता छ । हामीभित्र छलफल गर्नै बाँकी छ । यो विषयमा पार्टीमा हिजो किन मनाउन छोडियो ? त्यो बेठिक थियो भने बेठिक हो भन्न सक्नुपर्यो, समीक्षा हुनुपर्यो । आज किन टिका लगाउन सुरु गर्ने भनेर त्यसको निष्कर्ष सहित सुरु गर्न सक्नुपर्यो । मनलागे सुरु गर्ने नलागे छोड्ने प्रवृति राम्रो होइन । नेतृत्वले सोच्ने कुरा व्यवस्थित र हामीमाथि उठेका जिज्ञासालाई मेटाउन सक्ने उत्तर हामीसँग हुनुपर्छ,’ सापकोटाले भने ।

उनले माओवादीले सुरु गरेको परिवर्तनको सहयात्रीलाई पार्टीले सक्तामा पुगेपछि विर्सीएकाे र पार्टीभित्र विचारको विकास नभएकै कारण माओवादी कमजोर भएको पनि औँल्याएका छन् ।

उनले भने,‘देश र पार्टीको यो हालत किन भयो भने यहाँ विचारको विकास भएन । विचारको विकासमा जति हामीले ध्यान दिएर जोडबल गर्नुपर्ने थियो त्यो भएन । एकत हामीमा विचार विकासमा उदासिनता हो । अर्को उहिले माओवादीले सुरु गरेको त्यत्रो ठूलो परिवर्तका लागि असाधारण साथ दिएका महिला, गरिब, आदिवासी, मजदुर, किसान, जनजाति सबैलाई हामीले आफ्नो वर्ग परिवर्तनसँगै कम्युनिष्टलाई साथ दिएका मध्यम र तल्लो वर्गका ती असल मित्रलाई विर्सियौँ, टाढियौँ । त्यही कारण हामी कमजोर भैरहेका छौं ।’

माओवादीले सुरु गरेको परिवर्तको युद्धमा होमिएर साथ दिएका तल्लो वर्गका नागरिलाई परिवर्तनपछि माओवादीले विर्सिएको उनले स्वीकारे । नेतृत्वमा परिवर्तनपछि आएको बदलाव, मध्यम र उच्च वर्गसँगको नेतृत्वको उठबसले तल्लो वर्गलाई माओवादीले विर्सँदा माओवादी ३२ सिटमा खुम्चिएकोले अब त्यसलाई सुधार्न नेतृत्व नै अग्रसर भएर लाग्नुपर्ने उनको धारणा छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending