Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

इजरायलका प्रधानमन्त्रीको चेतावनी- लडाइँको अर्को चरण लामो र कठिन हुनसक्छ

खबरडबली संवाददाता

काठमाडौं ।  इजरेल-हमास युद्ध जारी रहँदा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लडाइँको अर्को चरण “लामो र कठिन” हुने चेतावनी दिएका छन्।

विश्वभरि विभिन्न स्थानमा गाजामा तत्काल युद्ध विराम गर्न माग गर्दै प्रदर्शनहरू भइरहेका बेला इजरेली प्रधानमन्त्रीले हमासविरुद्धको लडाइँ अर्को चरणमा प्रवेश गरेको बताएका हुन्।

अक्टोबर ७ मा हमासले इजरेलमाथि हमला गर्दा १ हजार ४ सय जति इजरेलीको ज्यान गएसँगै त्यसको जबाफी कारबाही भन्दै इजरेलले लगातार गाजामा हवाई तथा स्थल हमलाहरू गरिरहेको छ।

इजरेली बमबारीमा परेर गाजामा हालसम्म ८ हजार भन्दा बढीको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकमध्ये आधा जति बालबालिका रहेका छन्।

यसैबीच शुक्रवारदेखि बन्द गरिएको गाजा स्ट्रीपको फोन तथा इन्टरनेट सेवा पुनर्स्थापित भएको खबर आएको छ। शुक्रवार राति इजरेलले पछिल्लो तनाव सुरु भएयताकै सबैभन्दा व्यापक र घातक हवाई हमला गरेको थियो र त्यसबेला गाजा स्ट्रीपमा सञ्चार सेवा ठप्प पारिएकाले उक्त क्षेत्र बाँकी विश्वसँग सम्पर्कविहीन बनेको थियो।

नेतन्याहुले उनको देश हमाससँगको युद्धको "दोस्रो चरण"मा प्रवेश गरेको बताएका छन्। टेलिभिजनबाट प्रसारण गरिएको सम्बोधनमा उनले उक्त कुरा बताएका हुन्।

गत साता इजरेली रक्षामन्त्रीले त्यहाँको संसदीय समितिलाई तीन चरणमा युद्ध हुने बताएका थिए। उनले भनेका थिए, "अभियानको पहिलो चरण हमासलाई हराउनका लागि हमासका पूर्वाधार नष्ट गर्नु हुनेछ।"

उनले दोस्रो चरणमा निरन्तर लडाइँ जारी रहने बताएका थिए। त्यस क्रममा इजरेली सेनाले "प्रतिरोधका केन्द्रहरूलाई नष्ट गर्ने" काम गर्ने बताए। अनि तेस्रो चरणमा "गाजा स्ट्रीपमा मानिसहरूको जीवनयापनका लागि इजरेलको दायित्व अन्त्य गर्ने र इजरेली नागरिकका लागि नयाँ सुरक्षा दिनु आवश्यक भएको" उनले बताएका थिए।

नेतन्याहुले बन्धकहरूलाई फिर्ता ल्याउनु सेनाको मुख्य लक्ष्य रहेको तर हमासलाई समाप्त पार्नु पनि उसको उच्च प्राथमिकता रहेको बताएका छन्। अक्टोबर ७ मा गरेको हमलाका क्रममा हमासले २०० भन्दा बढी इजरेलीहरूलाई बन्धक बनाएको थियो।

इजरेल-टर्की तनाव

इजरेली रक्षा बल आईडीएफले इजिप्ट र संयुक्त राज्य अमेरिकाले आइतवार गाजामा सहायता "विस्तार गर्ने" बताएको छ तर त्यसको विस्तृत विवरण दिएको छैन।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले वर्तमान द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान गरेको छ। यसैबीच टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले इजरेलले युद्ध अपराध गरेको आरोप लगाएका छन्।

त्यसको प्रतिक्रियामा इजरेलले टर्कीस्थित आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ।

‘बन्धकलाई छुटाउन समस्या’

गाजामा सुरु भएको इजरेली स्थल कारबाहीका कारण हमासले बन्धक बनाएकालाई छुटाउने प्रयास जटिल बनेको कतार सरकारले जनाएको छ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले भने, "बढ्दो तनावले यसलाई (बन्धक छुटाउने प्रयास) अझ कठिन बनाउँछ।"

इजरेली प्रधानमन्त्रीबेन्जामिन नेतान्याहुले हमासलाई परास्त गर्ने र बन्धकलाई घर फिर्ता ल्याउने कुरामा कुनै विरोधाभास नभएको बताएका थिए।

यद्यपि त्यसलाई पछिल्लो आक्रमणले जटिल बनाएको कतारको भनाइ छ। कतारले बन्धकहरू छुटाउनका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको बताइएको छ।

इरानको चेतावनी

इरानका राष्ट्रपति इब्राहिम रइसीले इजरेलको कदमले "अन्तिम रेखा पनि पार गरेको र त्यसले सबैलाई कदम चाल्न बाध्य पार्न सक्ने" चेतावनी दिएका छन्।

आइतवार एक्स (पहिलेको ट्विटर)मा उनले लेखेका छन्, "वाशिङ्टनले हामीलाई केही नगर्न भन्छ तर उनीहरू इजरेललाई व्यापक रूपमा सहयोग दिइरहेका छन्। अमेरिकाले ‘एक्सिस अफ रेसिस्टेन्स’लाई सन्देश पठायो तर युद्धको मैदानमा स्पष्ट प्रतिक्रिया प्राप्त गर्‍यो।"

एक्सिस अफ रेसिस्टेसन्स पश्चिम एशियाका इरान समर्थित सैन्य समूहहरूको सञ्जाललाई भन्ने गरिन्छ र हमास पनि त्यसको एउटा सदस्य हो।

अमेरिकी अधिकारीहरूले इरानलाई इजरेल-हमास युद्धबाट बाहिरै रहन चेतावनी दिँदै आएका छन्। लेबननस्थित इरानको समर्थन पाएको हिजबुल्लाह समूहले हालैका साताहरूमा इजरायलतर्फ गोलाबारी गरेको छ।

लेबननमा नेपाली सैनिक पनि घाइते

यसैबीच लेबननमा क्रियाशील हिजबुल्लाह र इजरेलबीचको तनावका क्रममा लेबननमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएको विवरण आएका छन्।

त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक शनिवार राति एउटा हतियारको टुक्रा खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको सरकारी समाचार संस्था राससले लेखेको छ।

घाइते सैनिकको नाम खुलाइएको छैन। उक्त टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो। घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिशनको अस्पतालमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य रहेको राससले जनाएको छ।

त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। लेबननमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी ८ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE