Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

फुटबलर लियोनल मेसीले आठौं पटक जिते बालोन डिआर उपाधि

खबरडबली संवाददाता

एजेन्सी । विश्व नम्बर एक फुटबलर अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड हात पारेका छन् ।

फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड आठौं पटक मेसीले जितेका हुन् । उनले यसअगाडि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यस अवार्ड हात पारेका थिए । 

मेसीले म्यानचेस्टर सिटी र नर्वेका खेलाडी एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड जितेका हुन् । गत डिसेम्बरमा कतारमा भएको विश्वकपको उपाधि जिताउन आफ्नो देशको नेतृत्व गरेका उनले आफ्नो जीवनको महत्वाकांक्षा पूरा गर्दै बालोन डि’ओर समेत जित्न सफल भएका हुन् । उनले विश्वकप यात्रामा सात गोल गर्दै उत्कृष्ट खेलाडी उपाधि समेत हात पारेका थिए ।

१६औं पटक मनोनयनमा परेका मेसीले बालोन डि ओर अवधि भरि ३८ गोल र २५ असिस्ट गरेका थिए । गत सिजन मात्रै इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा गएका हालान्डले भने ५६ गोल गरेका थिए । गत सिजन सबैभन्दा धेरै गोल गरेका कारण उनले सोही समारोहका बीच गर्ड मुलर ट्रफी भने जितेका छन् । उनले युइएफए उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि समेत जितेका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डीुओर अवार्ड जितेका छन् उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् । यस पटक राेनाल्डाे टप टेन भित्र पनि पर्न सकेनन् । उत्कृष्ट गोल किपरको उपाधि मेसीसँगै विश्वकप जितेका अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले जितेका छन् । 

यस्तै महिला खेलाडी तर्फ भने स्पेन र बार्सिलोनाकी खेलाडी आईटाना बोनमाटीले जितेको छिन् । बोनमाटीले समेत यस वर्ष नै अष्ट्रेलियान भएको विश्वकप जितेकी थिइन् । यसका साथै सिजनको लालिगा र च्याम्पियन्स लिग जितेको बार्सिलोनाको टोलीमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।  केलिएन एम्बाप्पे तेस्रो, केभिडन डे बु्रने चौथो, रोड्री चौथो, भिनि जेआर पाँचौ,जुलिएन अल्भारेज छैटौं भए ।  म्यानचेस्टर सिटी लगातार दोस्रो वर्ष वर्षको उत्कृष्ट क्लब घोषित भएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies