Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनौट

खबरडबली संवाददाता

काठमाडौं । टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई परास्त गर्दै विश्वकपमा पुगेको छ । नेपालले छनौटको चरणको सेमिफाईनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको हो । 

यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले सहजै चुमेको हो । यो जितसँगै नेपाल अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा खेल्ने छ

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकपमा पनि नेपालले खेलेको थियो ।  टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै १३६ रन बनायो । नेपालले आइतबार ओमानसँग फाइनल खेल्नेछ । ओमान बहराइनलाई १० विकेटले हराउँदै फाइनल गएको हो ।

मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो । टस जितेर ब्याटिङ थालेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो ।

नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन जोडे । रोहित पौडेलले अविजित ३५ , गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । २६ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफले गुल्सनसँग दोस्रो विकेटका लागि ४१ र रोहितसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

त्यसअघि यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेकाे थियाे । यूएईका भृत्य अरविन्दले ६४ रन बनाए । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे ।

नेपाली स्पीनरहरुले कसिलो बलिङ गरे । नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एकएक विकेट लिए । सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रनमात्र खर्चिए । कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए ।

यूएईले उत्कृष्ट सुरुवात गरेको थियो । सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखेका थिए ।

समूहगत चरणका सबै खेल जितेर यूएई सेमिफाइनल पुगेको थियो । सुरुका दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको नेपाल समूहको अन्तिम खेलमा भने बिहीबार ओमानसँग पराजित भएको थियो ।

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies